स्वतन्त्रता दिवस समारोहमा उपस्थित फिलिपिन्सका रक्षामन्त्री बेहोस « Khabarhub

स्वतन्त्रता दिवस समारोहमा उपस्थित फिलिपिन्सका रक्षामन्त्री बेहोस


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिलिपिन्सका रक्षामन्त्री डेल्फिन लोरेन्जाना आइतबार बिहान स्वतन्त्रता दिवस समारोहमा उपस्थित हुने क्रममा बेहोस भएको सञ्चार माध्यमले जनाएका छन् ।

राष्ट्रिय रक्षा विभागले सिन्ह्वा समाचार एजेन्सीलाई उद्धृत गर्दै उनको स्वास्थ्य ‘स्थिर अवस्थामा’ रहेको बताएको छ । लोरेन्जानाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले म ठीक छु। यसअघि गरिएको परीक्षणको नतिजा ठीक भएकोले आराम गरिरहेको छु ।’

‘भर्खरैको लगातार अन्तरराष्ट्रिय सुरक्षा संलग्नताबाट आएको थकानले मलाई असर गरेको हुन सक्छ । आज बिहान तापक्रम चर्को थियो’ लोरेन्जानाले भने ।

रक्षा प्रवक्ता आर्सेनियो एन्डोलोङका अनुसार लोरेन्जाना अहिले आराम गरिरहेका छन् र आज बिहान रिजाल पार्कमा स्वतन्त्रता दिवसको झण्डा फहराउने समारोहमा बेहोस भएपछि आराम गर्न सल्लाह दिइएको छ ।

लोरेन्जाना १९औँ साङ्ग्रिला संवादमा सहभागी भई आफ्ना विदेशी समकक्षीसँग भेट गरी आइतबार बिहान सिङ्गापुरबाट आइपुगेको समाचार एजेन्सीले जनाएको छ । उनी मनिलामा अवतरणपछि सिधै समारोहमा गएका थिए ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ३ : ३९ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको