स्वतन्त्रता दिवस समारोहमा उपस्थित फिलिपिन्सका रक्षामन्त्री बेहोस « Khabarhub

स्वतन्त्रता दिवस समारोहमा उपस्थित फिलिपिन्सका रक्षामन्त्री बेहोस


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिलिपिन्सका रक्षामन्त्री डेल्फिन लोरेन्जाना आइतबार बिहान स्वतन्त्रता दिवस समारोहमा उपस्थित हुने क्रममा बेहोस भएको सञ्चार माध्यमले जनाएका छन् ।

राष्ट्रिय रक्षा विभागले सिन्ह्वा समाचार एजेन्सीलाई उद्धृत गर्दै उनको स्वास्थ्य ‘स्थिर अवस्थामा’ रहेको बताएको छ । लोरेन्जानाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले म ठीक छु। यसअघि गरिएको परीक्षणको नतिजा ठीक भएकोले आराम गरिरहेको छु ।’

‘भर्खरैको लगातार अन्तरराष्ट्रिय सुरक्षा संलग्नताबाट आएको थकानले मलाई असर गरेको हुन सक्छ । आज बिहान तापक्रम चर्को थियो’ लोरेन्जानाले भने ।

रक्षा प्रवक्ता आर्सेनियो एन्डोलोङका अनुसार लोरेन्जाना अहिले आराम गरिरहेका छन् र आज बिहान रिजाल पार्कमा स्वतन्त्रता दिवसको झण्डा फहराउने समारोहमा बेहोस भएपछि आराम गर्न सल्लाह दिइएको छ ।

लोरेन्जाना १९औँ साङ्ग्रिला संवादमा सहभागी भई आफ्ना विदेशी समकक्षीसँग भेट गरी आइतबार बिहान सिङ्गापुरबाट आइपुगेको समाचार एजेन्सीले जनाएको छ । उनी मनिलामा अवतरणपछि सिधै समारोहमा गएका थिए ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ३ : ३९ बजे

प्रधानमन्त्रीले गैरजिम्मेवार कूटनीति प्रदर्शन गरे : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले गैर जिम्मेवार कूटनीति

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा

अन्तर्राष्ट्रिय बजारमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको

विश्वकपका निम्ति उरुग्वेको टोली घोषणा

काठमाडौं । फिफा विश्वकपका लागि उरुग्वेको टोली घोषणा भएको छ

विपक्षीको नाराबाजीबीच प्रतिनिधिसभा निर्वाचनबारे राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक,