युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बेलायती रक्षामन्त्रीको भनाइ « Khabarhub

युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बेलायती रक्षामन्त्रीको भनाइ


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायती रक्षामन्त्रीले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बताएका छन् । युक्रेनको भ्रमणमा रहेका बेलायती रक्षामन्त्री बेन वालेसले युक्रेनी समकक्षी ओलेक्सेइ रेज्निकोभसँगको भेटघाटपछि यसको जानकारी दिएका हुन् ।

उनीरुबीच भएको भेटवार्ताका क्रममा हालैका दिनहरुमा युक्रेनको अवस्थाको बारेमा युक्रेनी रक्षामन्त्रीले जानकारी दिए ।

अहिले पनि युक्रेनलाई बेलायतले सैन्य सहयोग दिइरहेको र यसलाई आगामी दिनमा थप गरिने बेलायती रक्षामन्त्री वालेसले जानकारी दिएका छन् ।

अहिले पनि युक्रेनमा रुसको हमला जारी नै रहेको भन्दै युक्रेनका रक्षामन्त्री रेजनिकोभले रुससँग संघर्ष गर्नका लागि थप शक्तिशाली हतियार आवश्यक रहेको सो भेटमा बताएका थिए ।

युक्रेनी रक्षमन्त्रीको यो आग्रहपछि बेलायती रक्षामन्त्री वालेसको यो प्रतिक्रिया आएको हो । गत महिना मात्र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गरेका थिए ।

त्यस भ्रमणका क्रममा बेलायतप् प्रधानमन्त्री जोनसनले बेलायतले युक्रेनका लागि १ दशमलब ६ अर्ब बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ४ : ०० बजे

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक

आयल निगमको तथ्याङ्क : ५ महिना यताकै सबैभन्दा बढी ग्यास आयात 

काठमाडौं– देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा