अफगानिस्तानमा एक वरिष्ठ कमाण्डरसहित आठ लडाकु मारिए « Khabarhub

अफगानिस्तानमा एक वरिष्ठ कमाण्डरसहित आठ लडाकु मारिए


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा एक जना वरिष्ठ लडाकु सहित आठ जना मारिएका छन् । अफगानिस्तानको शासन चलाइरहेको तालिबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले तखार प्रान्तमा विद्रोहीका एक जना प्रमुख कमाण्डर सहित आठ विद्रोहीको मृत्यु भएको पुष्टि गरेका हुन् ।

‘तखारको प्रान्तीय राजधानी तालुकान शहरको पुलिस जिल्ला ४ स्थित गुप्तचर महानिर्देशनालयको विशेष अपरेसनको क्रममा प्रमुख कमाण्डर युनुस उजबेकिस्तानी सहित आठ विद्रोही मारिएको र उनीहरू लुकेको ठाउँ नष्ट गरिएको छ ।’ मुजाहिदले ट्वीट गरेका छन् ।

यसैबीच, प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल मुबिन साफीले घटनाको पुष्टि गर्दै तालुकान शहरमा भएको कारबाहीमा आठ सशस्त्र विपक्षी मारिएको र तीन जना घाइते भएको बताएका छन् ।

यद्यपि अधिकारीले सुरक्षाकर्मीको हताहती भए नभएकोबारे भने केही बताएनन् । स्थानीयवासीका अनुसार यस कारबाहीमा सुरक्षाकर्मीलाई पनि क्षति पुगेको थियो तर सरकारी सेनाको सम्भावित क्षतिबारे अधिकारीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ४ : ०५ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि