सलुन उद्घाटनमा सेलिब्रेटीसँग धमला पनि « Khabarhub

सलुन उद्घाटनमा सेलिब्रेटीसँग धमला पनि


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘प्रेमगञ्ज’का कलाकारले ब्रिज हेयर एन्ड ब्युटी सलुन’को उद्घाटन गरेका छन् ।

काठमाडौँमा बौद्ध क्षेत्रमा खुलेको सलुनको शनिबार नेपाली फिल्मको ‘प्रेमगञ्ज’का कलाकार बेनिशा हमाल र तेज गिरीले रिबन काटेर उद्घाटन गरेका थिए । अभिनेता निराजन प्रधान र पत्रकार ऋषि धमला पनि उद्घाटन कार्यक्रममा साथ दिएका थिए ।

अनिल थापाले सञ्चालनमा ल्याएको सलुनको उद्घाटन कार्यक्रममा बोल्दै अभिनेत्री हमालले हरकोहीलाई राम्रो वा राम्री बन्न मन लाग्ने भएकाले सलुनले त्यो अपेक्षा पूरा गरोस् भन्ने शुभेच्छा दिइन् । ‘हामी हर कोही अरुबाट राम्रो देखिएको सुन्न चाहन्छौँ । यो सलुनले हामी जस्ताको चाहना पूरा गर्छ भन्ने अपेक्षा छ,’ उनले सलुन उद्घाटनपछि भनिन् ।

यस्तै अभिनेता निराजन प्रधानले पनि कलाकार मात्र नभएर हरकोही सौन्दर्यप्रति सचेत हुँदै गएकाले यस्ता सलुनको महत्व बढिरहेको बताए । पत्रकार धमलाले पछिल्लो समय पार्लर र सलुन जानेको आकर्षण बढेको बताए । उनले भने ‘म सधैँ व्यस्त रहने मान्छे हुँ । भ्याएसम्म चिटिक्क परेरै हिँड्छु । सलुन नै जान्छु कहीँ नगए पनि मान्छेहरूमा सलुनको आकर्षणप्रति म कदर गर्छु ।’ सञ्चालक थापाले भारत, बेलायत तथा अमेरिकामा लामो समय यो क्षेत्रमा गरेको अनुभवले नेपालमा सलुन खोल्न प्रेरित गरेको बताए ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ५ : ५४ बजे

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले