खोटाङको सामुदायिक वनमा वृक्षारोपण « Khabarhub

खोटाङको सामुदायिक वनमा वृक्षारोपण


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित देउले सामुदायिक वनमा खयरका बिरुवा रोपिएको छ । देउले सामुदायिक वन उपभोक्ता समूहले आइतबार खयरका १४०० बोट बिरुवा रोपेका छन् ।

पछिल्लो समय सल्लाको बोट मासिँदै गएकाले खयरको बिरुवा रोपिएको देउले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्तोष घिमिरेले बताए ।

२८५ हेक्टरमा फैलिएको सामुदायिक वनको उपभोक्ता समूहले वर्ष दिनअघि खयरको बिरुवा खरिद गरेर ल्याएर बेर्ना तयार पारेर रोपेको हो ।

खयरको बोट हुर्केपछि भविष्यमा राम्रो मूल्यमा बिक्रीवितरण र आयआर्जन हुने भएकाले खयरको बिरुवा लगाइएको अध्यक्ष घिमिरेले बताए ।

समूहले खयरको बिउ खरिद गरेर ल्याएर समूहका सदस्यलाई बेर्ना उत्पादन गर्ने जिम्मा दिएको थियो । वृक्षारोपणमा समूहका २८ जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ६ : ४३ बजे

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत