खोटाङको सामुदायिक वनमा वृक्षारोपण | Khabarhub Khabarhub

खोटाङको सामुदायिक वनमा वृक्षारोपण


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित देउले सामुदायिक वनमा खयरका बिरुवा रोपिएको छ । देउले सामुदायिक वन उपभोक्ता समूहले आइतबार खयरका १४०० बोट बिरुवा रोपेका छन् ।

पछिल्लो समय सल्लाको बोट मासिँदै गएकाले खयरको बिरुवा रोपिएको देउले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्तोष घिमिरेले बताए ।

२८५ हेक्टरमा फैलिएको सामुदायिक वनको उपभोक्ता समूहले वर्ष दिनअघि खयरको बिरुवा खरिद गरेर ल्याएर बेर्ना तयार पारेर रोपेको हो ।

खयरको बोट हुर्केपछि भविष्यमा राम्रो मूल्यमा बिक्रीवितरण र आयआर्जन हुने भएकाले खयरको बिरुवा लगाइएको अध्यक्ष घिमिरेले बताए ।

समूहले खयरको बिउ खरिद गरेर ल्याएर समूहका सदस्यलाई बेर्ना उत्पादन गर्ने जिम्मा दिएको थियो । वृक्षारोपणमा समूहका २८ जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ६ : ४३ बजे

ट्रम्पले गभर्नरलाई दिए राजीनामा दिन निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीे केन्द्रीय बैङ्क फेडरल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको