‘प्रकाश’ का निर्देशक भन्छन् : ‘टिजरको आकर्षणले ओभरसिज राइट्स बिक्यो’ « Khabarhub

‘प्रकाश’ का निर्देशक भन्छन् : ‘टिजरको आकर्षणले ओभरसिज राइट्स बिक्यो’


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी भदौमा प्रदर्शनको तयारीमा रहेको ‘प्रकाश’ फिल्मको माग विदेशमा बढी रहेको देखिएको छ । दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ को विदेशमा प्रसारण अधिकार महङ्गो मूल्यमा बिक्री भएको हो ।

एक युवाले शिक्षक बन्न गर्नुपर्ने संघर्षको कथा प्रस्तुत गरिएको उक्त फिल्म नेपालमा आउँदो भदौ १० गते प्रदर्शन तय गरिएको छ । यद्यपि यो फिल्म अष्ट्रेलिया, क्यानडा, अमेरिका र युरोपमा महङ्गो मूल्यमा प्रसारण अधिकार बिक्री भएको हो । हालै सार्वजनिक फिल्मको टिजरले पाएको प्रतिक्रिया र यसबाट देखाएको सम्भावनाले फिल्मप्रति ओभरसिजमा आकर्षण बढी देखिएको हो ।

‘हामीले उठाएको विषय र यसको सार्वजनिक प्रचार सामग्रीले नै विदेशमा आकर्षण देखियो । हामीलाई कन्ट्याक गरिरहनु भएका पनि हुनहुन्छ । यद्यपि हामीले केहि देशमा मात्र प्रदर्शन अधिकार दिएका छौँ । अन्य देशहरुको लागि पनि कुराकानी भइरहेको छ’ निर्देशक राउतले भने । उनले फिल्म ती देशहरुमा पनि नेपालसँगै भदौ १० मा रिलिज हुने जानकारी पनि दिए ।

विकास सुवेदीको लेखन रहेको फिल्मले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । फिल्ममा प्रदीप खड्काले शिक्षक बन्ने युवाको भूमिका निर्वाह गरेका छन् ।

प्रायः रोमान्टिक फिल्ममा देखिँदै आइरहेका प्रदीप यसपटक चरित्र प्रधान फिल्ममा छन् । उनको जीवनमै यसकिसिमको भूमिका पहिलो हो । फिल्ममा दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ६ : ५७ बजे

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर

गगनको आग्रह : विधानमा चलेका छौँ, कारबाहीको निर्णयले विचलित नबनौँ

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी