तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

श्रीलङ्कामा गाडीमा इन्धन भर्न कोटा तोकिने

By रासस

June 12, 2022

काठमाडौँ- श्रीलङ्काले इन्धन खरीदमा कठिनाइलाई ध्यानमा राख्दै गाडीको लागि साप्ताहिक कोटा प्रणाली सुरु गर्ने भएको छ । इन्धन खरिद गर्नका लागि कोटा प्रणाली सुरु गर्न लागिएको ऊर्जामन्त्रीले बताएका हुन् ।

यसअनुसार सबै सवारी चालकलाई नजिकको पेट्रोल स्टेसनमा दर्ता गरिने र जुलाईको पहिलो हप्तादेखि कोटा पेश गरिने विद्युत तथा ऊर्जामन्त्री कञ्चना विजेसेकराले बताएका हुन् ।

उनले भने, ‘हामीले सवारी चालकहरूलाई इन्धन भर्ने स्टेशनमा दर्ता गराएर वित्तीय अवस्था स्थिर बनाई २४ घण्टा विद्युत आपूर्ति र इन्धनको अविच्छिन्न आपूर्ति गर्न नसक्दासम्म उनीहरूलाई साप्ताहिक कोटा तोक्नुको विकल्प छैन ।

“विदेशी मुद्राको अभावलाई ध्यानमा राख्दै राज्यको स्वामित्वमा रहेको इन्धन वितरक सिलोन पेट्रोलियम निगमले एक हप्तासम्मका लागि मात्र इन्धन आयात गर्नेछ,” विजेसेकेराले भने ।

केही सवारी चालक तथा अन्य व्यक्तिहरूले आफ्नो मेसिन तथा जेनेरेटरको लागि एक महिना वा त्योभन्दा बढी इन्धन सङ्कलन गर्न गरेकोले इन्धनको अभावबीच थप समस्या आएको उनको तर्क थियो ।

श्रीलङ्काले फेब्रुअरीदेखि इन्धन अभावको सामना गर्दै आएको छ र इन्धनको लागि लामबद्ध हुनु मानिसहरूको दैनिकीको एक भाग बनेको छ ।