जनप्रतिनिधिहरूले जनताको गुनासो नआउने गरी काम गर्नुपर्छ : उपसभापति खड्का | Khabarhub Khabarhub

जनप्रतिनिधिहरूले जनताको गुनासो नआउने गरी काम गर्नुपर्छ : उपसभापति खड्का


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधिहरूले जनताको गुनासो नआउने गरी काम गर्नुपर्ने बताएका छन् ।

आज बागलुङमा कांग्रेस बागलुङले आयोजना गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट विजयी जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षणमा उपसभापती खड्काले जनताबाट चुनिएका जनप्रतिनिधिले जनतालाई निराश नबनाउने गरी काम गरे मात्रै आगामी दिनमा पुनः जनताले जिताउने बताए ।

‘जनप्रतिनिधि जनताको सेवक हो, भेदभाव नगरी सेवा दिएमा कांग्रेसलाई भोट नदिनेले दिन थाल्छन्’, खड्काले भने, ‘सत्तामा पुगेपछि जनताका कुरा नसुन्ने, सेवा दिनुको सट्टा दुःख दिने हो भने कांग्रेसलाई भोट दिएका रिसाउँछन्, त्यसैले जनप्रतिनिधिको काँधमा पार्टी रहेको हुन्छ, जनताको हितमा जनप्रतिनिधिले काम गरौँ ।’ उनले जनप्रतिनिधि भएपछि राजनीतिक भेदभाव नगरी जनतालाई सेवा दिन सके आगामी दिनमा जनतालाई भोट माग्नै नपर्ने बताए ।

राजनीतिक सहयोगबिना जनप्रतिनिधिले काम गर्न नसक्ने भन्दै खड्काले जनप्रतिनिधिलाई हाम्रो सहयोग हुने र जनताले जस्तो भरोसाका साथ मतदान गरे जनप्रतिनिधिले त्यस्तै सेवा गर्नुपर्ने बताए ।

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्थानीय तहमा गठबन्धनबाट कांग्रेसलाई भन्दा बढी माओवादीलाई बढी फाइदा पुगेको तर्क गरे ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ९ : ०९ बजे

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्रतिवेदनसहित)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा

१० अर्ब बढीको कारोबार हुँदा साढे १२ अंकले घट्यो नेप्से

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे १२ अंकले घटेको