जिसस कैलालीको नेतृत्वका लागि स्वतन्त्र मेयर हमाल निर्णायक | Khabarhub Khabarhub

जिसस कैलालीको नेतृत्वका लागि स्वतन्त्र मेयर हमाल निर्णायक


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीमा भोलि हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि सबै तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।

१३ पालिका रहेको कैलालीमा जिससको नेतृत्वका लागि २७ मत आवश्यक पर्ने छ । तर कैलालीमा जीतका लागि भने कसैसँग पनि पर्याप्त मत नपुग्ने भएको छ । जिससको नेतृत्वका लागि कैलालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा एमालेबीच गठबन्धन भएको छ ।

कैलालीमा कांग्रेस, माओवादी र नेकपा एस मिल्दा १३ मत पाउने स्थिति रहेको छ भने एमाले र उन्मुक्ति पार्टी मिल्दा १२ मत पाइने स्थिति छ । तर, कैलालीको मोहन्याल गाउँपालिकाका निर्वाचित अध्यक्षलाई निर्वाचन आयोगले मताधिकारको प्रयोग गर्नबाट वञ्चित हुने गरी आइतबार मात्रै निर्देशनसहितको पत्र पठाएको छ ।

माओवादी केन्द्रबाट निर्वाचित मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्याय भ्रष्टाचार मुद्दामा छानबिनको सूचिमा परेका भन्दै उनलाई जनप्रतिनिधिको हैसियतमा नराख्न निर्वाचन आयोगलाई पत्र पठाएको थियो ।

अख्तियारको पत्रका आधारमा निर्वाचन आयोगले मोहन्यालका अध्यक्ष देवीदत्त उपाध्यायलाई मुद्दा किनारा नलाग्नसम्म निलम्बनमा परेका भन्दै उनलाई जनप्रतिनिधिको हैसियतमा काम गर्न नदिन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । उपाध्याय निलम्बनमा परेसँगै कैलालीमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको मतभार १२ हुने छ ।

उता नागरिक उन्मुक्ति पार्टी र एमालेको मतभार पनि १२ नै रहेको छ । यस्तो अवस्थामा कैलालीमा स्वतन्त्र रूपमा निर्वाचन जितेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल निर्णायक बन्ने देखिएका छन् । तर मेयर हमालले अहिले सम्म कसलाई समर्थन गर्ने भनेर कुनै निर्णय गरेको बताए । ‘म अहिले सम्म स्वतन्त्रकै हैसियतमा रहेको छु,’ उनले भने, ुके गर्ने भन्ने कुरोको टुङ्गो भोलिनै लाग्ने छ ।’

कैलालीमा कांग्रेससँग ९, नागरिक उन्मुक्ति पार्टीसँग ७, नेकपा एमालेसँग ५, माओवादी केन्द्रसँग २, नेकपा एकीकृत समाजवादी पार्टीसँग १ र १ मत स्वतन्त्र रहेको छ । कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले मोहन्यालका अध्यक्षलाई निलम्बन गरिएको पत्र आएको बताए । ‘निर्वाचन अयोगको पत्रसँगै मोहन्यालका अध्यक्ष उपाध्याय मतदान गर्ने अधिकारबाट वञ्चित हुने छन्,’ मुख्य निर्वाचन अधिकृत पनेरुले भने, ‘अब २५ जना उम्मेदवारले मात्रै मतदान गर्ने पाउने छन्, जसको बहुमत आउँछ उसैले जिससको नेतृत्व गर्ने छ ।’ जिससका लागि कसैको पनि बहुमत नपुग्ने अवस्था आएका गोलापर्था विधिबाट जिसस प्रमुखको टुङ्गो लगाइने उनले बताए ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ९ : १४ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले