टाटा मोटर्सको जेनभोल्टज नेपाली बजारमा « Khabarhub

टाटा मोटर्सको जेनभोल्टज नेपाली बजारमा


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले जेनभोल्टज जेनेरेटरको नेपाली बजारमा बिक्री वितरण आरम्भ गरेको छ । भारतस्थित अन्तर्राष्ट्रिय स्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टर) डिजाइन, परिक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटरको डिजेल इन्जिन जडान गरिएको छ ।

विभिन्न प्रयोजनहरुको लागि उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनको साथै कम खर्चिलो पनि रहेको कम्पनीले जनाएको छ । २५ किलोभोल्ट देखि १२५ किलोभोल्ट क्षमतामा उपलब्ध यस जेनेरेटरमा म्यानुअल र अटोमेटिक दुवै मोडको व्यवस्था रहेको छ ।

यसले निरन्तर विद्युत प्रवाह गरी नेपालको औद्योगीकरणलाई नयाँ दिशातर्फ उन्मुख गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

“हामी नेपालमा जेनभोल्टज जेनेरेटरको बिक्री वितरण शुभारम्भ गर्न पाउँदा धेरै खुसी छौ । टाटा मोटर्स सदैव उच्चतम एवं नवीनतम उत्पादनमार्फत आफ्नो आफ्नो ग्राहकहरुको बदलिँदो इच्छा र आकांक्षा पूरा गर्ने तर्फ कटिबद्ध छ ।” टाटा मोटर्सको कमर्सियल भेहिकल बिजनेस इकाई अन्तर्गत कस्टमर केयरका ग्लोबल प्रमुख राम कृष्णनले बताए ।

“टाटा मोटर्सको प्रभावकारी एवं भरपर्दो इन्जिन जडित जेनभोल्टजले नेपाली उद्योगधन्दाको अभिवृद्धिमा योगदान गर्नेछ । सिप्रदी ग्रुप दशकौंदेखि टाटाका कमर्सियल गाडीहरुको बिक्री तथा सेवा सम्बन्धि कार्यलाई उत्कृष्ट ढंगले सम्पन्न गर्न प्रतिबद्ध छ । र यही प्रतिबद्धता यस ग्रुपले जेनभोल्टज प्रति प्रदर्शन गर्नेमा हामी विश्वस्त छौ ।” उनले भने ।

सीपीसीबी २ सम्बन्धि उत्सर्जन मापदण्ड अन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कम खपत गरि उत्कृष्ट कार्यक्षमता देखाउने कम्पनीले जनाएको छ । यसमा जडान गरिएको विशेष प्रकारको इन्जिनको आयु पनि लामो रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो उत्पादनमा सुरक्षित एवं टिकाउ प्रयोगको लागि अन्तर्राष्ट्रियस्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता पनि रहेको जनाइएको छ । निर्माण एवं पूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरुलाई यो उत्पादन उपयुक्त रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ११ : २३ बजे

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका ट्राफिक

आणविक बम पीडितमा युद्धको गहिरो त्रास

एजेन्सी– अमेरिका–रुसबीचको अन्तिम हातहतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ समाप्त भएपछि

सात दिनभित्र घरबहाल तिर्न आठ सहकारीलाई काठमाडौं महानगरको सूचना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आठ सहकारी संस्थालाई सात दिनभित्र घरबहाल तिर्न

अन्तर्राष्ट्रिय आणविक सन्धि समाप्त, नयाँ हतियार दौडको जोखिम

एजेन्सी– रुस र संयुक्त राज्य अमेरिकाबीचको अन्तिम बाँकी रहेको आणविक

देउवाका योजना अलपत्र, कस्तो आउला गगनको घोषणापत्र ?

काठमाडौं- आसन्न निर्वाचन आउन अब २८ दिन मात्रै बाँकी छ