युवा रोजगारीका लागि नेपाल चेम्बर अफ कमर्सले स्थानीय तहसँग सहकार्य गर्ने « Khabarhub

युवा रोजगारीका लागि नेपाल चेम्बर अफ कमर्सले स्थानीय तहसँग सहकार्य गर्ने


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले युवा रोजगारी सिर्जना तथा उद्यमशिलता विकासका लागि स्थानीय तहसँग सहकार्य गर्ने बताएका छन् ।  महोत्तरी चेम्बर अफ कमर्सले बर्दिबासमा आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले स्वदेशमै रोजगारी सिर्जना गरेर युवा पलायन हुनबाट रोक्नुपर्ने बताए ।

युवा उद्यमशिलता तथा आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि प्राकृतिक श्रोतको उच्चतम प्रयोग, विदेशमा सिकेको सिपलाई नेपालमा प्रर्वद्धन गर्न नेपाल चेम्बर अफ कमर्सले सबै स्थानीय तहसँग सहकार्य गर्न चाहेको अध्यक्ष मल्ललको भनाइ छ । अध्यक्ष मल्लले भने, ‘विदेशबाट फर्किएका युवाहरुको लगत संकलन गरेर उनिहरुको सिपलाई राज्यले प्रोत्साहन गर्न नीतिगत व्यवस्था गर्न आवश्यक छ । सरकाले ५० वर्ष सम्म जग्गा भाडामा उपलव्ध गराउने बजेटमा घोषणा गरेको छ । युवाहरुको सिपलाई एकीकृत गरेर औद्योगिक ग्राम बनाउन सकिन्छ । यसमा अन्तराष्ट्रिय कम्पनीलाई पनि प्रोत्साहन गर्न सकिन्छ र लगानी मार्फत विदेशमा सिकेको ज्ञान तथा सिपलाई उत्पादनसंग जोड्न सकिन्छ ।’

युवा स्वरोजगारी मार्फत आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि मुलुक भित्रका प्राकृतिक श्रोतको उच्चतम सदुपयोग गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । अध्यक्ष मल्लले महोत्तरीमा उत्पादित उखु, फलफुल लगायत अन्य उपभोग्य वस्तुको बजारीकरणका लागि जिल्ला चेम्बरले सहकार्य गर्ने समेत बताए । मुलुकमा बिचौलिया राजको अन्त्यका लागि कृषक र उपभोक्तासम्म सिधा सम्पर्क हुनेगरि बजारको व्यवस्था गर्न चेम्बर अफ कमर्सले पहल गर्ने समेत बताए ।

मुलुकमा चरम व्यापार घाटा भइरहेको सन्र्दभमा अध्यक्ष मल्लले भुक्तानी सन्तुलनलाई कायम राख्नु सवैभन्दा ठूलो चुनौती भएको बताए । मुलुकको भुक्तानी सन्तुलन कायम राख्नका लागि आयत र निर्यातलाई व्यवस्थित गर्नुपर्ने अध्यक्ष मल्लले बताए । यस्तै अध्यक्ष मल्लले कर राजश्व नीति पनि एकल द्धारको हुनुपर्ने बताए । मुलुकको अर्थतन्त्रलाई निजी क्षेत्रले धानिरहेको भन्दै अध्यक्ष मल्लले सहज ढंगले व्यवसाय गर्ने वातावरण राज्यले बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ११ : २९ बजे

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न

कैलालीमा छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

कैलाली – भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा

क्विन्टन डी ककको शतकमा मुम्बईले पञ्जाबलाई दियो १९६ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत २४औँ खेलमा मुम्बई

इरानबाहेकका राष्ट्रमा ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने निर्यात ‘अत्यधिक न्यून’

पेरिस – तेहरानले महत्त्वपूर्ण जलमार्गमा आवतजावतमा कडाइ गरेपछि अन्य देशहरूबाट