खराब ब्याटिङले नेपाल नामिबियासँग पराजित | Khabarhub Khabarhub

खराब ब्याटिङले नेपाल नामिबियासँग पराजित


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ ।

सोमबार राति स्कट्ल्यान्डको न्यु  काम्बसडनमा सम्पन्न खेलमा पराजित भएसँगै नेपालले त्रिकोणात्मक एकदिवसीय शृंखलामा हारबाट सुरुवात गरेको हो। २२१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १८० रनमा समेटियो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ५० रन बनाए । देव खनालले ३४, कुसल भुर्तेलले २७, करण केसी १९, आसिफ शेख १४,  आदील आलम र सोमपाल कामी समान १० रन जोडे ।

यस्तै, दिपेन्द्र सिंह ऐरी ४ र बसिर अहमेद ३ रनमा आउट हुँदा  उपकप्तान रोहित पौडेल र कप्तान सन्दीप लामिछाने सुन्यमा पेभेलियन फर्किए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २२० रन बनायो ।

नामिबियाका जान निकोल लोफ्टीले सर्वाधिक  ६० रन बनाए । यस्तै, डिभान ला ककले ४१,  गेर्हार्ड एरास्मुसले २२ रन, क्रेग विलियम्सले २१ जोडे ।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले ५४ रन खर्चिए । यस्तै, सोमपाल कामीले २,  करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

हारसँगै नेपाल डिभिजन लिग २ को अंक तालिकाको छैटौँ स्थानमा झरेको छ । नेपालले १७ खेलमा १५ अंक जोडेको छ। नामिबिया १६ खेलमा १६ अंक जोडेर पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ७ : १४ बजे

१० वाणिज्य बैङ्कको वित्तीय विवरण : खराब कर्जा घटेसँगै नाफामा वृद्धि

काठमाडौँ – मङ्गलबारसम्म १० वटा वाणिज्य बैङ्कहरूले गत आर्थिक वर्ष

विलासिता कर हटाउने मागसहित सुनचाँदी व्यवसायीको टोली प्रधानमन्त्रीसँग 

काठमाडौं– चालु आर्थिक वर्षबाट लागु भएको सुनमा २ प्रतिशत विलासिता

खोलामा बगेर बालकको मृत्यु

झापा– झापाको दमक–१० जहदाका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्रको

जबरजस्ती करणी मुद्दाका कैदी सुनसरी कारागार कार्यालयबाटै फरार 

काठमाडौं– जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक जना कैदी सुनसरी कारागार

टर्कीले बनायो विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी ड्रोन

इस्तानबुल– पछिल्ला दुई दशकमा धेरै नयाँ देशहरू देखा परेका छन्,