भारतबाट ल्याइएको अवैध कपडा र चिनी बरामद « Khabarhub

भारतबाट ल्याइएको अवैध कपडा र चिनी बरामद


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर – भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट बरामद गरिएको छ ।

जिल्लाको मध्यविन्दु नगरपालिका–१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा प्रहरीले सोमबार ती अवैध सामान बरामद गरेको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख ६३७ नंको ट्रकमा ल्याउँदै गरेको अवस्थामा एक हजार ९१७ थान सर्ट र ४१८ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए ।

प्रहरीले बरामद गरेको कपडा र चिनीको हालको बजार मूल्य करिब रु ५४ लाख ३६ हजार बराबारको रहेको जनाइएको छ । सामानको बिलबिजक नभेट्टाएपछि नियन्त्रणमा लिइएको कपडा र चिनी सोमबार नै आवश्यक कारबाहीका लागि राजस्व कार्यालय रुपन्देहीमा पठाइएको प्रमुख महर्जनले बताए।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ९ : ४० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको