इलाममा भेटिए ‘नाइरोबी फ्लाइ’का संक्रमित « Khabarhub

इलाममा भेटिए ‘नाइरोबी फ्लाइ’का संक्रमित


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – इलाम जिल्लामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका सङ्क्रमित फेला परेका हुन् ।

जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका हुन् । रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको सङ्क्रमण हुने जनाइएको छ । साथै यस्ता किराका मलमूत्रले समेत मानिसमा सङ्क्रमण फैलिने बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति विमल बरालले धमाधम ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित अस्पताल आउन थालेको जानकारी दिए । उनले भने, ‘किराको टोकाइबाट सुरक्षित रहन विशेषगरी राति सुत्दा झुल प्रयोग गर्नुपर्छ ।’

पछिल्ला दिन जिल्लाका सरकारी स्वास्थ्य संस्था र निजी मेडिकलमा यस्ता सङ्क्रमित फेला पर्न थालेका हुन् । सङ्क्रमितको छाला रातो हुने, फोका–फोका आउने, चिलाउने, पाक्नेलगायतका लक्षण देखा पर्दछन् । स्वास्थ्यकर्मीले नाइरोबी फ्लाइको उपचार हुने जनाउँदै नआत्तिन आग्रह समेत गरे । यसबाट विशेषगरी बालबालिका र वृद्धवृद्धालाई जोगाउनु पर्ने उनीहरुको सुझाव छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १० : ५९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन