गण पूरक नपुगेपछि सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक स्थगित  « Khabarhub

गण पूरक नपुगेपछि सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक स्थगित 


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशसभाको आजलाई तय गरेको बैठक पनि स्थगित भएको छ । सभामा गण पूरक सङ्ख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले सभा स्थगित भएको घोषणा गरेका हुन् । प्रदेशसभा बैठक बस्न संसद्को एक तिहाइ अर्थात् १४ जना प्रदेशसभा सदस्य आवश्यक पर्ने भए पनि सो सङ्ख्या नपुगेकाले बैठक स्थगित गरिएको सभामुख थापाले जानकारी गराए ।

निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भएको बैठकलाई प्रतिपक्ष दल एमाले, जसपा र लोसपाले बहिस्कार गरे भने सत्तारूढ दलका प्रदेशसभा सदस्य पनि अनुपस्थित रहे ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका उपनेता पठानिसंह बोहराका अनुसार सरकारका अर्थमन्त्री प्रकाश रावलले आज प्रतिपक्ष दलसँग छलफल गर्ने बताएका थिए । जसका कारण आफूहरूले प्रदेशसभा बैठक बहिस्कार गरेको बोहराले बताए ।

नेपाली कांग्रेसले भने सदनमा बजेट कार्यक्रम सच्याउने भन्ने प्रतिबद्धता आए मात्रै बजेट समर्थन गर्ने निर्णय गरेको छ । कांग्रेस सदस्सीय दलका प्रवक्ता डिल्लीराज पन्तले सदनमा बजेट सच्याउने प्रतिबद्धता आए समर्थन गरेर जाने निर्णय भएको बताए । कांग्रेस संसदीय दलको बैठक आज बिहान बसेको थियो ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १२ : ३९ बजे

असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान

काठमाडौं– नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान