एनआरएनए यूकेका अध्यक्ष गाहामगर निलम्बित « Khabarhub

एनआरएनए यूकेका अध्यक्ष गाहामगर निलम्बित


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहामगर निलम्बित भएका छन् ।

एनआरएनए यूकेका महासचिव खुशी लिम्बूले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनए यूकेले केन्द्रमा तिर्नुपर्ने सदस्यता शुल्क नतिरेको र सम्बन्धन समेत नलिएको वर्तमान अवस्थामा संस्थाभित्र विवाद सुरु भएपछि गैरआवासीय नेपाली संघको पदाधिकारीको बैठकले अध्यक्ष कुल आचार्यको संयोजकत्व गठित एक उच्चस्तरीय छानवीन समितिले छानविनको प्रकृयाअघि बढाएपछि उनको पद स्वतः निलम्बनमा परेको जनाएका छन् ।

विज्ञप्तिमा बेलायतस्थित नेपाली समुदायलाई एनआरएनए यूकेको अध्यक्षको हैसियतमा प्रेम गाहा मगरलाई कुनै पनि कार्यक्रममा अतिथिको रुपमा बोलाउने, चन्दा लिने र चन्दा दिने कार्य तुरुन्तै बन्द गर्न गराउन अनुरोध गरिएको छ ।

गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष प्रेम गाहा मगरले संघको सदस्यता शुल्क केन्द्रमा नबुझाएपछि संस्थाको सम्बन्धन खारेजीको प्रकृयामा रहेको एनआरएनए यूकेले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १२ : ४२ बजे

नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

म्याग्दी– बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना

तनहुँमा धान उत्पादन बढ्यो

दमौली– यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि

‘कर्मचारी दूधले नुहाएका र नेता गलत भन्ने भाष्य गलत छ’

काठमाडौं – जेन-जी आन्दोलन पश्चात मधेश प्रदेश राजनीतिक खिचातानीले अस्थिर

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण