सजिथ प्रेमदासा श्रीलंकाको भावी राष्ट्रपति बन्ने सम्भावना  | Khabarhub Khabarhub

सजिथ प्रेमदासा श्रीलंकाको भावी राष्ट्रपति बन्ने सम्भावना 


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकामा गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि प्रमुख विपक्षी नेता सजिथ प्रेमदासाले आफू राष्ट्रपतिको उम्मेदवार हुन चाहेको बताएका छन् । उनको समगी जन बलवेगया (एसजेबी)  पार्टीले यस कदमलाई समर्थन गर्न सहयोगीहरूसँग वार्ता गरेको छ । श्रीलंकाले अभूतपूर्व आर्थिक संकट सामान गरेको छ, जसका कारण हजारौँ मानिस मार्चदेखि सडकमा उत्रिएका छन् । 

देशमा मुद्रा सञ्चिति सकिएको छ । खाद्यान्न, इन्धन, औषधिजस्ता आधारभूत आवश्यकता पूर्तिका लागि देशले संघर्ष गरिरहेको छ । वर्तमान राष्ट्रपति राजापाक्षेले १३ जुलाईमा राजीनामा दिने घोषणा गरेका छन् । आगामी राष्ट्रपति २० जुलाईमा छानिने बताइएको छ । 

राष्ट्रपतिको पद रिक्त भएमा पार्टी र सहयोगीहरूले “राष्ट्रपतिको पदको लागि आफूले  उम्मेदवारी दिने प्रेमदासाले  बताएका छन् । सन् २०१९ मा भएका राष्ट्रपति निर्वाचनमा उनी पराजित भएका थिए ।  जित्नको लागि उनलाई गठबन्धनका सांसदहरूको समर्थन चाहिन्छ । श्रीलंकाको राजनीतिमा दुई दशकभन्दा बढी समयदेखि प्रभुत्व जमाएका श्रीलंका र उनको परिवारविरुद्ध आक्रोश बढिरहेका बेला उनी आफ्नो पक्षमा समर्थन जुटाउन लागिरहेका छन् ।

जुनमा श्रीलंकाको मुद्रास्फीति दर ५५५ प्रतिशतमा पुगेको थियो । हाल लाखौँ मानिसहरू जीविकोपार्जन गर्न संघर्ष गरिरहेका छन् ।  श्री प्रेमदासले सर्वदलीय अन्तरिम सरकारमा सहभागी हुन आफू तयार रहेको बताए । गत अप्रिलमा प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेपछि एसजेबी नेता प्रेमदासविरुद्ध आलोचना भइरहेको छ ।

उनले अस्वीकार गरेपछि प्रेमदासका प्रतिद्वन्द्वी रनिल विक्रमासिंघे प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले पनि राजीनामा दिने घोषणा गरेका थिए । श्रीलंकाको वर्तमान अवस्थालाई असफलता, अनिश्चितता र पूर्ण अराजकता  भन्दै प्रेमदासाले ‘सहमति, परामर्श, सम्झौता र एकताको खाँचो रहेको’ औँल्याएका छन् । 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १ : ०४ बजे

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

रुपन्देही – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य

आगामी बजेट दलितमैत्री बनाउन माग

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दलित समुदायका नेताहरुले

चतराधाममा पूर्ण महाकुम्भ मेला सम्पन्न

मोरङ – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित प्राचीन हरिद्वार चतराधाममा बाह्रवर्षे

त्रिदेशीय रणनीतिक सडक निर्माण सुस्त गतिमा

सुदूरपश्चिम – त्रिदेशीय रणनीतिक सडकका रुपमा रहेको धनगढीदेखि बझाङको उत्तरी

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एकजना घाइते

सुस्ता पश्चिम – पश्चिम नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको