सजिथ प्रेमदासा श्रीलंकाको भावी राष्ट्रपति बन्ने सम्भावना  « Khabarhub

सजिथ प्रेमदासा श्रीलंकाको भावी राष्ट्रपति बन्ने सम्भावना 


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकामा गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि प्रमुख विपक्षी नेता सजिथ प्रेमदासाले आफू राष्ट्रपतिको उम्मेदवार हुन चाहेको बताएका छन् । उनको समगी जन बलवेगया (एसजेबी)  पार्टीले यस कदमलाई समर्थन गर्न सहयोगीहरूसँग वार्ता गरेको छ । श्रीलंकाले अभूतपूर्व आर्थिक संकट सामान गरेको छ, जसका कारण हजारौँ मानिस मार्चदेखि सडकमा उत्रिएका छन् । 

देशमा मुद्रा सञ्चिति सकिएको छ । खाद्यान्न, इन्धन, औषधिजस्ता आधारभूत आवश्यकता पूर्तिका लागि देशले संघर्ष गरिरहेको छ । वर्तमान राष्ट्रपति राजापाक्षेले १३ जुलाईमा राजीनामा दिने घोषणा गरेका छन् । आगामी राष्ट्रपति २० जुलाईमा छानिने बताइएको छ । 

राष्ट्रपतिको पद रिक्त भएमा पार्टी र सहयोगीहरूले “राष्ट्रपतिको पदको लागि आफूले  उम्मेदवारी दिने प्रेमदासाले  बताएका छन् । सन् २०१९ मा भएका राष्ट्रपति निर्वाचनमा उनी पराजित भएका थिए ।  जित्नको लागि उनलाई गठबन्धनका सांसदहरूको समर्थन चाहिन्छ । श्रीलंकाको राजनीतिमा दुई दशकभन्दा बढी समयदेखि प्रभुत्व जमाएका श्रीलंका र उनको परिवारविरुद्ध आक्रोश बढिरहेका बेला उनी आफ्नो पक्षमा समर्थन जुटाउन लागिरहेका छन् ।

जुनमा श्रीलंकाको मुद्रास्फीति दर ५५५ प्रतिशतमा पुगेको थियो । हाल लाखौँ मानिसहरू जीविकोपार्जन गर्न संघर्ष गरिरहेका छन् ।  श्री प्रेमदासले सर्वदलीय अन्तरिम सरकारमा सहभागी हुन आफू तयार रहेको बताए । गत अप्रिलमा प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेपछि एसजेबी नेता प्रेमदासविरुद्ध आलोचना भइरहेको छ ।

उनले अस्वीकार गरेपछि प्रेमदासका प्रतिद्वन्द्वी रनिल विक्रमासिंघे प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले पनि राजीनामा दिने घोषणा गरेका थिए । श्रीलंकाको वर्तमान अवस्थालाई असफलता, अनिश्चितता र पूर्ण अराजकता  भन्दै प्रेमदासाले ‘सहमति, परामर्श, सम्झौता र एकताको खाँचो रहेको’ औँल्याएका छन् । 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १ : ०४ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन