श्रीलंकाबाट भाग्न लागेका पूर्वअर्थमन्त्री राजापाक्षलाई प्रदर्शनकारीले रोके « Khabarhub

श्रीलंकाबाट भाग्न लागेका पूर्वअर्थमन्त्री राजापाक्षलाई प्रदर्शनकारीले रोके


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रीलंकाका पूर्वअर्थमन्त्री बासिल राजापाक्षलाई प्रदर्शनकारीहरुले विदेश उड्न अवरोध गरेका छन् ।

सोमबार साँझ संयुक्त अरब इमिरेट्सको दुबई जाने हवाइजहाज चढ्न विमानस्थल पुगेका उनलाई अध्यागमन अधिकारीहरूले रोकेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

देशमा जारी चरम आर्थिक संकटका बेला बासिलले श्रीलंका छोड्ने प्रयास गरेपछि हवाइजहाजका यात्रीले घोर विरोध जनाएका थिए । प्रदर्शनकारीहरुले राजापाक्ष परिवारका सदस्यका साथै राजनीतिक दलका उच्च नेताहरुलाई विदेश जानबाट रोक्नका लागि विमानस्थलमा चेकपोष्ट राखेर बसेका छन् ।

देश आर्थिक संकटमा फसेपछि राष्ट्रपति गोटावायाको निर्देशनमा बसेलले गत अप्रिलमा राजीनामा दिएका थिए । राष्ट्रपति गोटावाया राजापाक्ष तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षका भाइ बसेलसँग श्रीलंका र अमेरिकाको दोहोरो नागरिकता रहेको आरोप छ ।

देश आर्थिक संटकमा फसेपछि स्थानीय बासिन्दाले गत शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेका छन् । राष्ट्रपति भवन अहिले प्रदर्शनकारीकै नियन्त्रणमा छ । राष्ट्रपति गोटावायाले बुधबार राजीनामा दिने बताएका छन् ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १ : ०८ बजे

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

पनौतीको त्रिवेणीमा स्नान गर्दै स्वस्थानीका व्रतालु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेको

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप