विशाखापट्टनमबाट फर्किंदै गरेको इरानी युद्धपोतमाथि अमेरिकी हमला, ८० नौसैनिकको मृत्यु « Khabarhub

विशाखापट्टनमबाट फर्किंदै गरेको इरानी युद्धपोतमाथि अमेरिकी हमला, ८० नौसैनिकको मृत्यु


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी युद्धको आज पाँचौं दिनमा हिन्द महासागर क्षेत्रमा ठूलो समुद्री घटना भएको छ। अमेरिकाले भारतबाट फर्किंदै गरेको इरानी युद्धपोतलाई श्रीलङ्काको समुद्री क्षेत्र नजिकै आक्रमण गरी डुबाएको जनाएको छ।

श्रीलङ्काली सरकारी स्रोतका अनुसार उक्त आक्रमणमा हालसम्म ८० इरानी नौसैनिकको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा करिब १८० जना नौसैनिक सवार रहेको बताइएको छ भने ३२ जना घाइतेलाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ। बाँकी बेपत्ता सैनिकहरूको खोजीका लागि सर्च तथा रेस्क्यु अभियान जारी रहेको जनाइएको छ।

अमेरिकी रक्षा मन्त्री पेट हेग्सेथले हिन्द महासागरमा रहेको अमेरिकी पनडुब्बीले टर्पेडो प्रहार गरी इरानी जहाजलाई निशाना बनाएको बताएका छन् । उनका अनुसार उक्त कारबाही सुरक्षा रणनीतिअनुसार गरिएको हो ।

घटना श्रीलङ्काको दक्षिणी सहरबाट करिब ४० समुद्री माइल (झण्डै ७५ किलोमिटर) टाढा भएको हो । श्रीलङ्काली अधिकारीहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिरालाई जानकारी दिँदै बुधबार बिहान करिब ६ देखि ७ बजेको बीचमा जहाजबाट आपतकालीन सन्देश आएको बताएका छन्।

उक्त युद्धपोत गत महिना भारतको विशाखापट्टनममा आयोजित २०२६ इन्टरनेशनल फ्लीट रिभ्युमा सहभागी भएर फर्किरहेको थियो । आक्रमणपछि क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ भने अन्तर्राष्ट्रिय समुदायले घटनाप्रति चासो व्यक्त गर्न थालेका छन्। यस घटनाले हिन्द महासागर क्षेत्रमा बढ्दो तनावलाई अझै गहिरो बनाएको विश्लेषण गरिएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ८ : ५७ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

पर्यटकको अभावमा वनकरिया बस्तीको ‘होमस्टे’ बन्द

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीको घरवास ‘होमस्टे’

रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि

काठमाडौँ – कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएको रायोको सागमा अत्यधिक

‘ओपीडी सेवा नखुम्च्याऔँ, नागरिकलाई आर्थिक बोझ नथपौँ’ : कांग्रेस महामन्त्री पौडेल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

चौतारा– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप