उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षका लागि महिला सांसदले आन्दोलन नै गर्नुपर्छ– गौतम (भिडियो) « Khabarhub

उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षका लागि महिला सांसदले आन्दोलन नै गर्नुपर्छ– गौतम (भिडियो)


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको पद लामो समयदेखि खाली हुनु लाजमर्दो कुरा भएको बताएका छन्।

राष्ट्रियसभाको मंगलबारको बैठकमा गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्ष चयन गर्न सरकार राजनीतिक दल र संसद्को ध्यान नपुगेको र यो लाजमर्दो कुरा भएको बताएका हुन्।

उनले संविधानमा उपाध्यक्ष र उपसभामुख महिला राख्ने व्यवस्था कै कारण चयनमा ढिलाइ भएको दाबी गर्दै पुरुष अनिवार्य भनेको भए पाँच दिनमा नै नियुक्ति हुने तर्क गरे। दुई पदमा निर्वाचन गराउन माग गर्दै महिला सांसदहरूले आन्दोलन गर्नुपर्ने उनको सुझाव छ ।

गौतमले राष्ट्रियसभा उपाध्यक्ष पदमा नियुक्तिका लागि पहल लिन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ध्यानाकर्षण गराए।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १ : १७ बजे

टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य

काठमाडौं – टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई

विशाखापट्टनमबाट फर्किंदै गरेको इरानी युद्धपोतमाथि अमेरिकी हमला, ८० नौसैनिकको मृत्यु

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी युद्धको आज पाँचौं दिनमा

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा – प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौं – निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली – बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले