प्रधानमन्त्री जोनसनविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी « Khabarhub

प्रधानमन्त्री जोनसनविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- बेलायतको मुख्य विपक्षी लेबर पार्टीले मंगलबार प्रधानमन्त्री बोरिस जोनसनको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी छ । प्रस्तावमाथि बुधबार मतदान हुने अपेक्षा गरिएको छ ।

अविश्वासको प्रस्तावको अर्थ संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरूले तत्कालका लागि जोनसन नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिने वा नदिने भन्ने बारेमा मतदान गर्नेछन् । सरकारले विश्वास गुमाएमा चुनावमा जाने सम्भावना पनि हुन्छ ।

एक साताअघि प्रधानमन्त्रीले कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । अर्को नेता चयन नहुन्जेल उनी प्रधानमन्त्रीमा रहने बताउँदै आएका छन् ।

प्रधानमन्त्रीले राष्ट्रिय हित विपरीत काम गरेको र यौन दुर्व्यवहारका आरोपित सांसदलाई संरक्षण गरेको भन्दै गत साता उनको मन्त्रिमण्डलका ४० भन्दा बढी मन्त्री र सहयोगीले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १ : ५६ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो