सरकारले ल्याएको अर्थनीति सही : सांसद देव « Khabarhub

सरकारले ल्याएको अर्थनीति सही : सांसद देव


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद जीतेन्द्रनारायण देवले वर्तमान सरकारले ल्याएको अर्थनीति सही भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले सरकारको अर्थनीतिकै आधारमा नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकले  पनि मुलुकको अर्थतन्त्र सकारात्मक रुपमा अघि बढेको देखाएको बताएका हुन् । 

‘नेपाल श्रीलंकाको बाटोमा गएको छैन, नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकले सकारात्मक रुपमा अघि बढेको देखाएको छ’, उनले भने , ‘नेपालले लिएको अर्थनीति सही छ ।’ उनले श्रीलंकाको गलत अर्थनीति, आम भ्रष्टाचार, परिवारवाद र सरकारको गलत व्यवस्थापनले गर्दा अहिलेको अवस्था आएको तर नेपालको अवस्था त्यो नभएको बताए । ‘नेपालले कस्ता प्रकृतिका ऋण लिने र कस्ता नलिने भन्ने बारेमा अर्थशास्त्री र राजनीतिक दलले छलफल गर्नुपर्छ’, उनले भने, ‘वीआरआई, एमसीसी वा अन्य सबै ऋण लिने कुरामा पहिला कस्तो ऋण हो, आवश्यक छ कि छैन भन्ने विषयमा वृहत परामर्श हुनुपर्छ, मित्रराष्ट्रलाई खुसी पार्न होइन ।’

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  २ : ३५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु