सभापतिको राजीनामा माग्दै एमालेले गर्‍यो लेखा समिति बैठक बहिस्कार (भिडियो) « Khabarhub

सभापतिको राजीनामा माग्दै एमालेले गर्‍यो लेखा समिति बैठक बहिस्कार (भिडियो)


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभापतिको राजीनामा माग्दै एमालेले संसद्को लेखा समिति बैठक बहिस्कार गरेको छ । मंगलबार बिहान  ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठकमा एमाले सांसदहरू विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए ।

दुवै सांसदले लेखा समितिको नेतृत्व विपक्षी दलको हुनुपर्नेमा त्यसो नभएको र सरकारमा गएको एक वर्षसम्म पनि सत्तापक्षले सभापति नछोडेको भन्दै प्रश्न उठाए । त्यसपछि एमाले सांसदहरू बैठक छोडेर हिँडे ।

मंगलबार लेखा समितिमा वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो । समिति बैठकमा विशाल भट्टराईले भने, ‘विगत एक वर्षदेखि समिति सरकारको काम  कारबाहीमा पुरै बेखबर जस्तो छ । विगतमा हाम्रो सरकार हुँदा बाक्लै बैठक बस्थे । यसलाई उचित मान्न सकिन्न । राष्ट्रलाई क्षति भयो । लेखा समिति छ कि छैन जस्तो भयो यो देशमा । सरकारले गरेको खर्चको परीक्षण सरकारले नै गर्ने कुरा ठिक भएन । हामी आश्चर्यचकित भएका छौ । लेखा समिति विपक्षलाई दिनैपर्छ ।’

सभापति फेरिएपछि मात्रै लेखा समितिको कामकारबाहीमा भाग लिने एमालेको अडान छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  २ : ४३ बजे

टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य

काठमाडौं – टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई

विशाखापट्टनमबाट फर्किंदै गरेको इरानी युद्धपोतमाथि अमेरिकी हमला, ८० नौसैनिकको मृत्यु

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी युद्धको आज पाँचौं दिनमा

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा – प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौं – निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली – बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले