सुरभीले नेपाललाई प्रतिनिधित्व गर्ने  « Khabarhub

सुरभीले नेपाललाई प्रतिनिधित्व गर्ने 


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लिटल स्टार प्रिन्स एण्ड प्रिन्सेस २०२२ को ग्रुप ए तर्फ इशानी पोडार र ग्रुप बि तर्फ सुरभी शाक्य विजेता बनेका छन्।

सोमबार साँझ सम्पन्न प्रतियोगिताको दोस्रो सिजनमा सुरभी र इशानी विजेता घोषित भएका हुन् । ५० सहभागीबाट उनीहरु दुई विजेता बन्न सफल भएका हुन् । विजेता बनेसँगै यिनले आउँदो डिसेम्बरमा थाइल्याण्डमा हुने ‘किड्स स्टार इन्टरनेशनल २०२२’ मा नेपाललाई प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन् ।

उक्त प्रतियोगितामा नेपालसँगै अन्य ३० देशका प्रतिष्पर्धी पनि सहभागी हुनेछन् । १० दिनसम्म चल्ने प्रतियोगिताको अन्तिम दिन विजेता घोषणा गरिनेछ । फेशन एराको आयोजनामा सम्पन्न ‘लिटल स्टार प्रिन्स एण्ड प्रिन्सेस २०२२’ विजेता बनेपछि सम्भावनाका ढोका खुलेको सुरभीका पिता कविन शाक्यले बताए । ‘हामीले हाम्रो बच्चाहरूलाई रुचिको विषयमा प्रोत्साहन गर्नु पर्छ । त्यही अनुरूप हामीले हाम्रो छोरीलाई उसले चाहे अनुसारको विधामा सहभागिता गराइरहेका छौँ’ उनले भने ।

पहिलो सिजनको सफलता पश्चात् आयोजना गरिएको दोस्रो सिजनमा रुश्का वैध श्रेष्ठ , हाकिम गुरुङ , माइकल चन्द , आयुष्मा रायमाझी निर्णायकको रूपमा रहेका थिए । उनीहरूले नै सहभागी मध्येबाट विजेता चयन गरेका हुन् । थाइल्याण्डमा हुने प्रतियोगितामा सहभागिताको लागि कविनले सुरभीलाई पूर्ण रूपमा तयार गरिने बताए । ‘देशलाई नै प्रतिनिधित्व गर्ने भएपछि खुसीसँगै दायित्व पनि बढ्ने रहेछ। हामी सक्दो प्रयास गर्ने छौँ’ कविनले भने ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ६ : ०९ बजे

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले