सुरभीले नेपाललाई प्रतिनिधित्व गर्ने  | Khabarhub Khabarhub

सुरभीले नेपाललाई प्रतिनिधित्व गर्ने 


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लिटल स्टार प्रिन्स एण्ड प्रिन्सेस २०२२ को ग्रुप ए तर्फ इशानी पोडार र ग्रुप बि तर्फ सुरभी शाक्य विजेता बनेका छन्।

सोमबार साँझ सम्पन्न प्रतियोगिताको दोस्रो सिजनमा सुरभी र इशानी विजेता घोषित भएका हुन् । ५० सहभागीबाट उनीहरु दुई विजेता बन्न सफल भएका हुन् । विजेता बनेसँगै यिनले आउँदो डिसेम्बरमा थाइल्याण्डमा हुने ‘किड्स स्टार इन्टरनेशनल २०२२’ मा नेपाललाई प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन् ।

उक्त प्रतियोगितामा नेपालसँगै अन्य ३० देशका प्रतिष्पर्धी पनि सहभागी हुनेछन् । १० दिनसम्म चल्ने प्रतियोगिताको अन्तिम दिन विजेता घोषणा गरिनेछ । फेशन एराको आयोजनामा सम्पन्न ‘लिटल स्टार प्रिन्स एण्ड प्रिन्सेस २०२२’ विजेता बनेपछि सम्भावनाका ढोका खुलेको सुरभीका पिता कविन शाक्यले बताए । ‘हामीले हाम्रो बच्चाहरूलाई रुचिको विषयमा प्रोत्साहन गर्नु पर्छ । त्यही अनुरूप हामीले हाम्रो छोरीलाई उसले चाहे अनुसारको विधामा सहभागिता गराइरहेका छौँ’ उनले भने ।

पहिलो सिजनको सफलता पश्चात् आयोजना गरिएको दोस्रो सिजनमा रुश्का वैध श्रेष्ठ , हाकिम गुरुङ , माइकल चन्द , आयुष्मा रायमाझी निर्णायकको रूपमा रहेका थिए । उनीहरूले नै सहभागी मध्येबाट विजेता चयन गरेका हुन् । थाइल्याण्डमा हुने प्रतियोगितामा सहभागिताको लागि कविनले सुरभीलाई पूर्ण रूपमा तयार गरिने बताए । ‘देशलाई नै प्रतिनिधित्व गर्ने भएपछि खुसीसँगै दायित्व पनि बढ्ने रहेछ। हामी सक्दो प्रयास गर्ने छौँ’ कविनले भने ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ६ : ०९ बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य