कांग्रेस नेतृत्वलाई केन्द्रीय सदस्यको सुझाव- 'आगामी निर्वाचनमा पनि गठबन्धन गरेरै जाँदा राम्रो' | Khabarhub Khabarhub

कांग्रेस नेतृत्वलाई केन्द्रीय सदस्यको सुझाव- ‘आगामी निर्वाचनमा पनि गठबन्धन गरेरै जाँदा राम्रो’


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सदस्यहरूले संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनबीचको तालमेललाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको बैठकमा धारणा राख्ने सदस्यहरूले स्थानीय तह निर्वाचनमा गठबन्धनबीचको तालमेल प्रभावकारी देखिएको भन्दै आगामी निर्वाचनमा पनि यसलाई निरन्तरता दिन सुझाव दिएका हुन् ।

केही स्थानमा सन्तोषजनक नभए पनि अधिकांश स्थानमा तालमेलले राम्रो परिणाम दिएको उनीहरूको भनाइ छ । यसअघिका कमी कमजोरीलाई सुधार गर्दै स्थानीय तहको मत परिणामका आधारमा अव तालमेल हुनुपर्ने सुझाव आएको कांग्रेस प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए। केही नेताहरूले पार्टीको फोरम बाहिर धारणा राख्ने क्रम बढेकाले यस्तो नगर्न सचेत गराइएको उनले बताए ।

महतले पार्टीभित्रको विमति र असन्तुष्टीहरुले बैठकमा राख्न निषेध नगरिएको बताए। त्यस्तै उनले वर्तमान सरकार गठन भएको १ वर्ष पुरा भएको र सरकार सन्तोषजनक ढंगले चलेको दाबी गरे।

बैठकमा मंगलबार रामचन्द्र पौडेल, चित्रलेखा यादव, उमा रेग्मी, जीपछिरिङ लामा, पदमनारायण चौधरी, आनन्दप्रसाद ढुंगाना लगायतले धारणा राखेका थिए भने सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरेका थिए।

बैठकमा प्रदेश सभापतिहरुले मर्यादाक्रम नमिलेको भन्दै आपत्ति जनाएका छन् । केन्द्रीय कार्यसमितिको बैठक असार २९ गते दिउँसो १ बजे पुन बस्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ७ : ४१ बजे

अदालतकाे कार्यशैलीप्रति संसदमा साेविताकाे प्रश्नैप्रश्न : न्यायिक प्रक्रियाको ह*त्या हुँदैछ

काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद साेविता गाैतमले संसदमा

यार्सा सङ्कलनका लागि मुगुका बासिन्दा पाटनतिर

मुगु– जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन

एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले एक जिल्ला र १३

खानेपानी मन्त्रीले भने- वीरगञ्जमा जल निकासी प्रणालीमा सुधार हुन्छ

परवानीपुर– खानेपानीमन्त्री प्रदीप यादले वीरगञ्ज महानगरपालिका–१८ सुखचैना र वडा न

‘कांग्रेस–एमालेको सरकारले जनतामा निराशा छायो, राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्छ’

काठमाडौं– नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले राष्ट्रिय सहमति निर्माण गरेर