मनाइँदै ‘राखी’ पर्व : मिथिलाक्षेत्रमा बढ्यो चहलपहल « Khabarhub

मनाइँदै ‘राखी’ पर्व : मिथिलाक्षेत्रमा बढ्यो चहलपहल


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – मिथिलामा आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ पर्वका लागि मैथिल दिदीबहिनी आफ्ना दाजुभाइलाई ‘राखी’ रोज्नदेखि खुवाइने मिष्टान्न परिकारको जोहोमा व्यस्त छन् ।

मिथिलामा दाजुभाइ-दिदीबहिनीबीच प्रेम, सद्भाव र समर्पण झल्कने राखी, भैयादूज र सामा पर्व मनाइन्छ । यी पर्वमध्ये साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ विशेष चहलपहलयुक्त हुने गरेको छ । हिन्दू नेपाली परम्परामा रक्षाबन्धन भनिने यो पर्व मिथिलाका दाजुभाइ-दिदीबहिनीबीच ‘राखी’ का नाउँमा प्रसिद्ध छ । पर्वमा दिदीबहिनीले दाजुभाइलाई कलात्मक धागोका रङ्गीचङ्गी डोरा (राखी) दायाँ हातको नाडीमा बाँधी दिएर सौर्यवृद्धिको कामना गर्छन् ।

अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल) का राजा दानवराज वलिलाई युद्धमा जानअघि दिदीबहिनी गङ्गा र जमुनाले विजयको कामना गर्दै दायाँ हातको नाडीमा ‘रक्षाकवच’ स्वरुप अभिमन्त्रित डोरा बाँधी दिएका सम्झनामा यो पर्व परम्परा चलेको विश्वास गरिन्छ । यसैदिन कूल पुरोहितले पनि वैदिक मन्त्रले अभिमन्त्रित डोरा यजमानलाई बाँधी दिने परम्परा छ । यो पनि दानवराज वलिलाई गुरु शुक्रचार्यले युद्धमा जानअघि शास्त्रोक्त विधिले डोरा अभिमन्त्रित गरेर बाँधीदिएका विश्वास गरिन्छ । यसैको प्रभावले राजावलि देवतासँगको युद्धमा विजयी भएको पुराण वर्णित कथा छ ।

पर्वका अवसरमा विवाहित दिदीबहिनी दाजुभाइका घर गएर वा दाजुभाइलाई आफ्नै घर बोलाएर पर्व मनाउँछन् । अविवाहित दिदीबहिनीले त सँगै एउटै परिवारमा रहेका दाजुभाइसँग यो पर्व मनाउँछन् । पर्वमा दिदीबहिनीले दाजुभाइको सौर्यवृद्धिको कामना गर्दै ‘राखी’ बाँधी दिएर ‘हमर भैया जिए सौ बरिस’ (मेरा दाजुभाइ सय वर्ष बाँचुन्) भन्दै सगुनस्वरुप मिष्टान्न परिकार खुवाउँछन् । पर्वमा दाजुभाइले दिदीबहिनीबाट ‘राखी बाँधेपछि उनीहरुलाई पनि ‘राखी’ बाँधी दिएर वस्त्रआभूषण र दक्षिणा दिने चलन छ । आफ्ना दाजुभाइ-दिदीबहिनी नहुनेले नजिकको यस्तो नाता पहिल्याएर पर्व मनाउँछन् । मिथिलामा यो पर्व फरक धर्म परम्पराका बीचमा पनि उत्तिकै लोकप्रिय हुँदैछ ।

पर्वले आज प्राचीन मिथिलाक्षेत्रमा निकै चहलपहल बढेको छ । प्रत्येक बस्तीबस्तीका चोकचोकमा विभिन्न रङ्गका कलात्मक राखी बेच्न राखिएका छन् । मिथिलामा यो व्यापार केही दिन पहिलेदेखि नै जमेको छ । त्यसैगरी आज मिठाई र फलफूलको व्यापार पनि पर्व विशेषले ह्वात्तै बढेको छ । पर्वका अवसरमा विगतदेखि नै सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ६ : ४१ बजे

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर