तीन पालिका समपुरक र विशेष अनुदानबाट बन्चित « Khabarhub

तीन पालिका समपुरक र विशेष अनुदानबाट बन्चित


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछामका स्थानीय तहको लागि सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयबाट विशेष र समपूरक गरी करिब ५ करोड  रुपैयाँ प्राप्त भएको छ । चालु आर्थिक वर्ष २०७९/८० मा समपूरक अनुदानतर्फ २ करोड ७० लाख २० हजार र विशेष अनुदान तर्फ २ करोड गरी कुल ४ करोड ७० लाख २० बजेट प्राप्त भएको हो । 

समपूरक अनुदानतर्फ जिल्लाका ७ वटा स्थानीय तह र विशेष अनुदानतर्फ ८ वटा पालिकाले अनुदान प्राप्त गरेका छन् । समपूरक अनुदानमा जिल्लाको पञ्चदेवल विनायक नगरपालिका, मेल्लेख र ढकारी गाउँपालिका अनुदान पाउनबाट बञ्चित भएका छन् । यस्तै विशेष अनुदानतर्फ पञ्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँपालिकाले अनुदान प्राप्त गर्न सकेनन् । पञ्चदेवल विनायक नगरपालिका भने समपूरक र विशेष गरी दुवै अनुदानबाट वञ्चित भएको छ । 

जिल्लामा सबैभन्दा बढी समपूरक अनुदान प्राप्त गर्ने रामारोशन गाउँपालिकाले ८१ लाख ४० हजार र कम प्राप्त गर्ने चौरपाटी गाउँपालिकाले २० लाख पाएको छ । ६ वटा पालिकाले एक/एक योजनाको लागि अनुदान पाएका छन् भने  रामारोशन गाउँपालिकाले तीनवटा योजनाको लागि अनुदान पाएको छ । रामारोशन गाउँपालिका-२ चाफामाण्डौं चिलयात्रा वस्ती विकासको लागि ४४ लाख, वडा नम्बर १ मलातिकोट स्थित लघुजलविद्युत् योजनाको लागि २४ लाख ७३ हजार र वडा नम्बर २ चाफामाण्डौंको कैलाश खोला लघुजलबिद्युत योजनाको लागि १२ लाख ६७ हजार गरी ८१ लाख ४० हजार रुपैयाँ प्राप्त भएको छ ।

चौरपाटी गाउँपालिका वडा नम्बर २ सोकटमा निर्माण हुने चौमुखी पतलचौर ग्रामिण सडक निमार्णको लागि २० लाख रकम प्राप्त गरेको छ ।  त्यस्तै तुर्माखाँद गाउँपालिका वडा नम्बर १ को भुलु राहापा सडक निमार्णको लागि ६० लाख, बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर १ कोटघर गाँज्रा सडक कालोपत्रेको लागि ३७ लाख ५० हजार, मंगलसैन नगरपालिका वडा नम्बर १४ कालागाउँको खडखडे खानेपानी योजनाको लागि २५ लाख ३० हजार रुपैयाँ प्रदेशको आर्थिक मामिला मन्त्रालयबाट विनियोजित भएको छ ।

यस्तै साँफेबगर नगरपालिका वडा नम्बर १ बैजनाथ निर्माणाधीन सूर्यचन्द्र व्यावसायी नमुना मावि छात्रवास निर्माणको लागि २४ लाख र कमलबजार नगरपालिकाको हल निर्माणका लागि २२ लाख रकम विनियोजित भएको छ । समपूरक अनुदान प्राप्त गर्ने पालिकाले आधा रकम ब्यहोर्नु पर्नेछ ।

यस्तै विशेष अनुदानतर्फ जिल्लाका ८ वटा स्थानीय तहले समान २५/२५ लाखका दरले २ करोड अनुदान प्राप्त गरेका छन । साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटको दोगाडे खानेपानी योजना, मेल्लेख गाउँपालिका वडा नम्बर १ ऋषिदहको भवन निर्माण, चौरपाटी गाउँपालिका वडा नम्बर ३ गगुडामा वृहत खानेपानी योजना अन्तर्गत एक घर एक धारा निर्माण र बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैन स्वास्थ्य चौकी भवन निर्माणका लागि २५/२५ लाख रुपैयाँ प्राप्त भएको छ । 

रामारोजन गाउँपालिका वडा नम्बर ७ सुतारका ऐडीओड बान्निविस्ना सडक निर्माण, मंगलसैन नगरपालिकामा खोप व्यवस्थापन रेफ्रीजेरेटर स्थापना, ढकारी गाउँपालिका वडा नम्बर १ ढकारीमा खडिका रुख तल्लोे बासल्ला खानेपानी योजना र कमलबजार नगरपालिका वडा नम्बर ३ वयालास्थित नेपाल राष्ट्रिय मावि भवन निर्माणका लागि पनि समान २५/२५ लाख रुपैयाँ प्राप्त भएको छ ।

समपूरक अनुदान प्रदेश सरकार र स्थानीय सरकारले आधा/आधा बजेट भए पनि विशेष अनुदानका योजना भने प्रदेश सरकारको लागतमा निर्माण हुनेछन् । 

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ११ : ५७ बजे

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै