तनहुँमा सामूहिक रक्षाबन्धन « Khabarhub

तनहुँमा सामूहिक रक्षाबन्धन


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- ब्राह्मण समाज नेपाल तनहुँद्वारा दमौलीमा आयोजित सामूहिक रक्षाबन्धन कार्यक्रममा तीन सय १५ जनाले रक्षाबन्धन गरेका छन् ।

कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले सामूहिक रक्षाबन्धन कार्यले समाजका रहेको जातीय विभेद न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सो समाजले गत वर्षदेखि सामूहिक रक्षाबन्धन कार्य गर्दै आएको छ । समाजका जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डेले सार्वजनिक स्थलमा आयोजना गरिएको सामूहिक रक्षाबन्धन कार्यक्रमले सबैलाई सहज भएको बताए। “कोही खाली हात बस्नुपर्ने अवस्था हुँदैन ”, उनले भने, “सामूहिक रक्षाबन्धनले सबै जातजातिबिच एकापसमा सद्भाव राख्न  सहयोग पुग्ने विश्वासले यस अभियान थालेको हौँ ।”समाजका केन्द्रीय सदस्य उपेन्द्र लम्सालले यस वर्ष कार्यक्रम आयोजना गर्न सबै क्षेत्रबाट सहयोग मिलेको बताए।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  २ : ११ बजे

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले