न्युजिल्याण्ड क्रिकेट टिमबाट बोल्टको रहस्यमय ब्रेक | Khabarhub Khabarhub

क्रिकेट करियर

न्युजिल्याण्ड क्रिकेट टिमबाट बोल्टको रहस्यमय ब्रेक

‘जो राष्ट्रिय टिमको सम्झौतामा बाँधिनुभन्दा स्वतन्त्र लिग खेल्न चाहन्छन्’



काठमाडौँ : विश्व क्रिकेटलाई हेर्दा महत्वपूर्ण खेल र प्रतियोगिता मुखैमा छन् । त्यसका लागि कति खेलाडी, कति फ्यान तथा प्रशंसक र आयोजक पनि उत्साहित छन् । यो उत्साह त्यतिमा मात्रै सीमित छैन, केही फर्म खस्किएका खेलाडीको धुँवाधार प्रदर्शन अनि केही नयाँ खेलाडीको धमकेदार प्रस्तुति दुवैलाई देख्न बाँकी छ । त्यसका लागि एसिया कप, टी–ट्वान्टी विश्वकप, एकदिवसीय विश्वकपदेखि विश्व टेस्ट च्याम्पियनशिप हेर्न बाँकीछ ।

तर यी सबै प्रतियोगिता आउनै लागेका बेला न्युजिल्याण्डका बाया हाते तीव्र गतिका बलर ट्रेन्ट बोल्टले क्रिकेटबाटै ब्रेक लिएका छन् । उनले परिवारलाई समय दिनका लागि भन्दै ब्रेक लिएको बताएका छन् । जसका लागि उनले न्युजिल्याण्ड क्रिकेट टिमसँगको सम्झौता तोडेका छन् ।

न्यूजिल्याण्ड क्रिकेट परिषदले बुधबार बोल्टलाई ‘सेन्ट्रल कन्ट्रयाक्ट’ बाट मुक्त गरेको छ । यसका लागि बोल्टले पटक पटक आग्रह गरेका थिए । ३३ वर्षीय बोल्टले न्यूजिल्याण्डका लागि ७८ टेस्ट, ९३ एकदिवसीय सिरिज र ४४ टी–ट्वान्टी खेल खेलेका छन् । न्यूजिल्याण्डलाई विश्व टेस्ट च्याम्पियन्सिपको उपाधी जिताउन र दुईपटक न्युजिल्याण्डलाई विश्वकपको फाइनलमा पुर्याउन उनले महत्वपूर्ण योगदान दिँदै आएका छन् ।

बोल्टको निर्णयसँगै विश्व क्रिकेटमा एक नयाँ अध्यायको सुरुवात भएको छ । कम्तीमा केही समय आफ्नो परिवारलाई दिने । आवश्यक परेको खण्डमा केही समय ब्रेक लिने । यसका लागि क्रिकेट टिमसँगको सम्झौताबाट अलग रहने । यी क्रिकेटरको लागि सुखत सुरुवात हो ।

पछिल्लो समय न्युजिल्याण्ड क्रिकेट टिमको अनिवार्य हिस्सा रहेका बोल्ट धेरै व्यस्त क्रिकेटरमा पर्छन् । आफ्नो अन्तर्राष्ट्रिय भ्रमणको लागि रुची घटेको तथा आफ्नो परिवारलाई समय दिनु पर्ने न्यूजिल्याण्ड क्रिकेट परिषद् सामु बोल्टले प्रस्टाएका थिए । फलस्वरुप बोल्टको घरेलु खेलमा उपस्थिति हुने सक्ने सम्भावना भने अझैँ कायम भएको देखिन्छ ।

हरेक खेलाडीलाई आफुलाई स्थापित गर्न निकै संघर्ष गर्नुपर्छ । संघर्षको दौरान आर्थिक चुनौतीले सबैलाई पिरोल्ने गर्दछ । नियमित रुपमा खेल जीवनमा लाग्न नसक्दा भविष्यमा घरमा खाना कसरी पाक्ला भन्ने खेलाडीको लागि प्रश्न उठ्ने गर्दछ । यस कारण पनि अत्याधिक खेलाडीले मनमारी मारी पनि खेलजीवन तन्काउने गरेको उदाहरण प्रशस्त देखिन्छ ।

यद्यपि, बोल्टको खेल जीवनमा भने कुनै सम्झौँता गर्नु आवश्यक नरहेको देखिन्छ । उनको क्षमताले बसालेको खेल जीवनको जग निकै नै बलियो देखिन्छ । न्यूजिल्याण्ड क्रिकेटको लागि पुर्‍याएका योगदानहरु र आफ्नो क्षमताका कारण बोल्ट क्रिकेटका विभिन्न फम्र्याटमा उत्कृष्ट प्रदर्शन गर्न स्थापित छन् ।

यसकारण पनि टी–ट्वान्टी लिगहरुको लागि खेल्ने भएका कारण पनि आर्थिक सुरक्षाको काम गर्ने बोल्टमा विश्वस्त भएको देखिन्छन् । यस्तो आत्मविश्वासका साथ नै अघि बढ्नाले बोल्टले खेल जीवनमा सफलता प्राप्त गरेको देखिन्छ ।

सिमित ओभरतर्फ बोल्टको बढ्न सक्ने कदम
टी–ट्वान्टी फम्र्याट विश्वको हरेक क्रिकेटरको लागि आफ्नो क्षमता प्रस्तुत गर्ने भरपर्दो माध्यम बनेको छ । यसै फम्र्याटमा आयोजना भइरहेको फ्रेन्चाइज लिगहरु आयोजक र क्रिकेटर फाइदाजनक छन् । साथै छोटो समयमा सकिने यो खेलप्रति दर्शक पनि आकर्षित भएका छन् ।

फलस्वरुप, सिमित ओभरको खेलहरुमा बोल्टको बलले थप रौनक थप्ने देखिन्छ । यसैगरी आगामी जनवरीमा यूएईमा आयोजना हुने अन्तर्राष्ट्रिय टी–ट्वान्टी लिगको गाडी चल्यो भने नियमित हरेक वर्ष कम्तिमा ५४ क्रिकेटरको माग हुने देखिन्छ ।

साथै दक्षिण अफ्रिकामा आयोजना हुने कन्कुरेन्ट लिगको पनि त्यतिकै चर्चा चलिरहेको छ । विश्वमा नै चलिरहेको यी लिगहरुमा कति टोलीका त समान मालिकहरुले समान क्रिकेटरलाई विभिन्न लिगमा खेलाउने सम्भावना पनि बढिरहेको छ ।

यस्तो प्रतियोगिताको आयोजनाले क्रिकेटहरुका लागि पर्याप्त अवसरहरु सिर्जना गरेको छ । एक लिग १ वा २ महिनासम्म खेलिन्छ । यस दौरान परिवारसँग यात्राको अवसर पनि जुर्ने गर्दछ ।

साथै राष्ट्रिय भ्रमणमा प्रतिस्पर्धा गर्दाभन्दा लिगको दौरान क्रिकेटरले आर्थिक पक्षलाई बलियो पार्न सक्दछन् । तर, लिगमा भाग लिँदा क्रिकेटरले पैसाभन्दा पनि धेरै दर्शकको माया जित्ने अवसर प्राप्त गर्दछन् ।
विश्वको नै लोकप्रिय लिगका रुपमा स्थापित भइसकेको आइपिएलले पनि विश्वकपभन्दा बढि आकर्षण बोक्न थालेको छ । यस्तै लिगमा बोल्टको उपस्थिति अपेक्षा गर्न सकिन्छ ।

बोल्टको सुरुवाती संघर्ष र सफलता
१७ वर्षको उमेरमा नै बोल्ट न्युजिल्याण्डका तीव्र गतिका बलर थिए । उनको क्रिकेट करियर माध्यामिक विद्यालयमा पढ्दादेखि नै सुरु भएको मानिन्छ । १८ वर्षको उमेरमा नै बोल्टले न्यूजिल्याण्डको प्रतिनिधित्व यू–१९ विश्वकपमा गरेका थिए ।

बोल्टको जुनियर सुरुवात फलदायी साबित भयो । तर, सिनयर टिम भन्ने सुखद रुपमा सुरु हुन सकेन । सन् २००९ मा बोल्टले बोकेको चोटले लामो समय मैदान बाहिर बस्न बाध्य बनायो ।

बोल्टले बलिङका क्रममा लागेको झट्काले समस्या भएको थियो । उनको ढाडमा आएको समस्याले उनलाई २ वर्ष क्रिकेटबाट टाढा राख्यो । यसबीच उनले आफ्नो ‘स्टेन्थ एन्ड कन्डिसनिङ’मा पकड मजबुद बनाउँदै गए ।

आफ्नो मार्ग दर्शक शेन बन्डको सहयातामा यस्तो चोट नदोहोर्‍याउन उनले आफ्नो बलिङ शैलीमा परिवर्तन ल्याए । फलस्वरुप नतिजा पनि निकै फलदायी हुन पुग्यो ।

सन् २०१५ सम्म आइपुग्दा उनको बलिङको रफ्तार १४० किलिमिटर प्रति घण्टाको पुगेको थियो । यससँगै बोल्ट न्यूजिल्याण्डको सबै फम्र्याटका खेलहरुमा अति आवश्यक बलरका रुपमा स्थापित भए । सोहि वर्षकोे बोल्टको पहिलो विश्व कपमा उनी टोलीको लागि मुख्य बलर साबित भए । सन् २०१५ को विश्वकपमा अष्ट्रेलियाविरुद्धको खेलमा ५ विकेट लिइँदै टोलीलाई विजयी बनाउँदै बोल्टले उत्कृष्ट योगदान पुर्‍याए ।

उनको दक्षता रेड बलमा भन्दा ह्वाईट बलमा धेरै थियो । यसकारण उनलाई सिमित ओभरमा खेलमा आफुलाई स्थापित गर्न निकै कठिनाइ भयो । तर, टेस्ट क्रिकेट मा आएको सुधारले भने सबैको ध्यान आकर्षित गर्‍याे । उनले २९ टेस्ट खेलमा नै १०० विकेट पुरा गरे । साथै सन् २०१३ सम्म आइपुग्दा बोल्ट न्यूजिल्याण्डको सबैभन्दा बढि विकेट लिने बलर बने ।

साथै विकेट लिने क्रममा उनको साथी टीम साउथीले पनि उनलाई निकै मद्दत गरेको देखिन्छ । कसले बढि विकेट लिन्छन् भन्ने दुईबीच एक प्रतिस्पर्धा नै चल्ने गथ्र्यो । दुवैको प्रतिस्पर्धा २०० विकेट सम्म पनि चलिरहेको थियो । सन् २०१९ मा बलरद्धय अल–टाइम–टेस्ट–विकट–टेकिङको लिस्टमा तेस्रो र चौथो भएका थिए ।

सन् २०१९ को विश्वकपमा बोल्टले १७ विकेट लिएका थिए । अष्ट्रेलियाविरुद्धको खेलमा पनि ह्याट्रिक लिए । भारतविरुद्धको सेमिफाइनल जिताउन पनि बोल्टले विराट कोहलीलाई आउट गरेका थिए ।

इङ्ल्याण्डविरुद्धको फाइनल खेलको अन्तिम ओभरमा टाइ गराउँदै र सुपर ओभरमा बलिङ गर्दै न्यूजिल्याण्डलाई विश्वकपको उपाधी जिताएका थिए ।

अत्यन्तै शालीन तरिकाले धुँवाधार बलिङ गर्ने बोल्टको क्षमता अझै देख्न बाँकी नै छ । उनले ब्रेक लिएपनि फेरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न बाँकी छ । उनी परिवारको आवश्यकता पूरा गरेर फेरि टिममा फर्किने सम्भावना पनि छ ।

यदि आशंकालाई निस्तेज नगर्ने हो भने उनको राष्ट्रिय क्रिकेट टिमका केही सदस्य तथा व्यवस्थापन पक्षसँगको सम्बन्ध पनि चिसिएको देखिन्छ । जसले गर्दा उनलाई केही समय ब्रेक लिन बाध्य बनायो । बोल्टप्रति विश्व त्रिकेटकै आशा छ, उनीजस्ता खेलाडी फेरि राष्ट्रिय टिममा फर्किउन् र टिमलाई विश्वकपसम्म पुर्याउन । अनि उनले चाहेका विश्वका टी–ट्वान्टी लिग खेल्ने बाटो त खुल्ला छ नै ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  २ : ०७ बजे

कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति

टीकापुर– कैलालीका विभिन्न ठाउँमा आगलागी भएको छ । बुधबार मात्रै

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय