राष्ट्रपति भवन अगाडि निहारिकाको आत्मदाहको प्रयास  « Khabarhub

राष्ट्रपति भवन अगाडि निहारिकाको आत्मदाहको प्रयास 


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निहारिका राजपुतले आत्मदाहको प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडी शुक्रबार दिउँसो राजपुतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही, दोषी र बलात्कारबाट जन्मेको छोराको डीएनए परीक्षणसहितको माग राखेर दोस्रो पटक एक सातादेखि आमरण अनशन बसेकी उनले शुक्रबार दिउँसो आत्मदाहको प्रयास गरेकी हुन् ।

आफूले न्याय नपाएको भन्दै केही दिनयता उनले राष्ट्रपति भवन अगाडि गएर आत्मदाह गर्ने बताउँदै आएकी थिइन् । उनको आत्मदाह प्रयासलाई सुरक्षाकर्मीले असफल बनाएका छन् ।

प्रहरीले निहारिकालाई स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगेको छ । आफू १७ वर्षको हुँदा एक युवकले बलात्कार गरेको र सोही बलात्कारबाट छोरा जन्मिएको भन्दै उनले दोषीलाई कारबाहीको माग राखेर दोस्रो पटक आमरण अनशन बसेकी हुन् ।

महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले जिल्ला अदालतबाट दोषीलाई सफाइ दिएपछि उच्च अदालत जनकपुरमा पुनरावेदन दिएकी छन् । तर, मुद्दा विचाराधीन छ । जसकारण आफूले न्याय पाउन नसकेको र पीडित खुलमखुला हिँडेको भन्दै कारबाहीको माग राखेर उनी काठमाडौं आएर अनशन बसेकी हुन् ।

यसअघि उनको अनशन तोडाउन सरकारले ५ बुँदे सहमति गरेको थियो । तर, सहमति कार्यान्वयन नभएपछि दोस्रो पटक यही २० साउनदेखि आमरण अनशन बसेकी हुन् । गत ३ असारमा  गृहमन्त्री बालकृष्ण खाणकै उपस्थितिमा ५ बुँदे सहमति गरेर उनले अनशन तोडेकी थिइन् ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ४ : ४७ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी