सरकार सबै भाषाभाषी र जातजातिप्रति प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की « Khabarhub

सरकार सबै भाषाभाषी र जातजातिप्रति प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र देशको विकासको निम्ति सबैभन्दा पहिला सबै क्षेत्रको भाषाभाषी, जातजाति र समुदायको विकास हुनुपर्ने बताएका छन्।

नेपाल कुशवाहा कल्याण समाजको ३१ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले संवृद्ध नेपाल निर्माणका लागि समाजको पिँधमा रहेको समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकास हुनुपर्नेमा जोड दिए।

उनले भने, “देशका विभिन्न जातजाति, भाषाभाषीको समुचित विकास भए मात्र देशको विकास हुन्छ, देशको विकासका निम्ति हिमाल, पहाड, तराईको विकास हुनुपर्छ ।” सरकार सबै समुदायको अधिकार सुनिश्चितताको निम्ति प्रतिबद्ध रहेको मन्त्री कार्कीको भनाइ थियो । उनले कुशवाहा समुदायले मुलुक परिवर्तनमा पुर्‍याएको योगदानको चर्चा गर्दै संवृद्ध नेपाल निर्माणमा सबै नागरिकको उत्तिकै भूमिका हुने बताए।

समाजका अध्यक्ष तपेश्वर महतोले राज्यका हरेक संरचनामा कुशवाहा समुदायको समान सहभागिताको माग गर्दै आगामी निर्वाचनमा राजनीतिक दलहरुले कुशवाहा समुदायलाई टिकटको व्यवस्था गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ५ : ४७ बजे

दरबारमार्गको एक होटलमा आगलागी (फोटो फिचर)

काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको