निर्माण कम्पनीलाई धरौटी जफतको चेतावनी « Khabarhub

निर्माण कम्पनीलाई धरौटी जफतको चेतावनी


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

झापा – जिल्लाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ । बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको जनाउँदै पत्राचार समेत गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न पत्राचार गरिएको जानकारी दिए।

तीन दिनभित्र कार्यप्रगति नदेखिए सार्वजनिक खरिद ऐन, २०६४ अनुसार धरौटी जफत गरी कारबाही प्रक्रिया अघि बढाइने पत्रमा उल्लेख छ । निर्माण कम्पनीले विसं २०७९ असार १ गते भवन निर्माण सम्पन्न गर्ने गरी २०७७ असार ८ गते रु पाँच करोड ५० लाख सात हजार सात सय ६० मा ठेक्का सम्झौता गरेको थियो । ‘तोकिएको समयभित्र काम सक्न पटक–पटक लिखित र मौखिक जानकारी गराउँदासमेत कार्यप्रगति नदेखिएपछि यसपटक अन्तिम पत्र काटिएको छ’, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने, ‘ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गर्दा समयमा काम भएन ।’

भवनमा प्लोरिङ, विद्युतीकरण (वाइरिङ), झ्यालढोका, रङरोगन, प्लम्बिङलगायतको काम बाँकी रहेको नगरपालिकाका इञ्जीनियर नरेन्द्र श्रेष्ठले बताए।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ६ : ३० बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण