निमोनियाले सिकिस्त १६ महिने बालकलाई थप उपचारका लागि काठमाडौँ पठाइयाे « Khabarhub

निमोनियाले सिकिस्त १६ महिने बालकलाई थप उपचारका लागि काठमाडौँ पठाइयाे


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङमा निमोनियाले सिकिस्त बनेका १६ महिने बालकलाई खर्च जुटाएर अस्पताल लगिएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका-३ छोरम्बु ठेगाना भई हाल दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खा बस्दै आएका रोजन राई र मनिला राईको १६ महिने बच्चा रेवन राईलाई शुभेच्छुक तथा जिल्ला अस्पतालको सहयोगमा काठमाडौँ लगिएको हो ।

निमोनियाले सिकिस्त बनेका बालकलाई आइतबार ११ बजे जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । तर श्वास फेर्न गाह्राे भएपछि र औषधिले स्वास्थ्यमा सुधार नभएपछि अस्पतालले बालकलाई तत्काल अन्यत्र लैजान रेफर गरेको थियो । आर्थिक अभावमा दिनभर जिल्ला अस्पतालमै अल्झिएका बालकलाई राति ११.१५ बजे काठमाडौँ पठाइएको हो । पत्रकारद्वय कृष्णकला राई र सञ्जीव राईको पहलमा आर्थिक सहयोग तथा जिल्ला अस्पतालको नवजात शिशु रेफरल फन्डबाट एम्बुलेन्समा लाग्ने २० हजारमध्ये १५ हजार भाडा छुट गराएर बालकलाई अस्पताल पठाइएको हो । अस्पतालले उपचारमा पनि छुट दिएको छ ।

पत्रकारद्वयले बालकको उपचारमा समस्या भएको समाचार सामाजिक सञ्जालमार्फत उजागर गरेका थिए । त्यसपछि शुभेच्छुक चिरञ्जीवी रिजालबाट पाँच हजार, राजकुमार राईबाट पाँच हजार, विमला राईबाट दुई हजार र किसन राईबाट एक हजार आर्थिक सहयोग जुटेको छ । बिरामी बालकलाई कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  १२ : १८ बजे

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा

कांग्रेसको कमान्ड गगनले लिएपछि दुई कम्युनिस्ट संवादमा, चुनाव सार्ने विषयमा कुराकानी 

काठमाडौं– निर्वाचन आयोगले नेपाली कांग्रेसको अधिकारिकता गगन थापालाई दिएसँगै दुई

एमाले सचिवालय बैठक बस्दै, प्रतिनिधिसभामा उम्मेदवार टुंगो लगाउने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो

कांग्रेस सभापति गगन थापालाई सुजाताको शुभकामना, भन्छिन्– परिवर्तनलाई स्वीकार्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र