टासी ल्हाजोमलाई रास्वपाको अन्याय, घण्टीघरमा रातभर धर्ना बसे कर्णालीका नेता  « Khabarhub

टासी ल्हाजोमलाई रास्वपाको अन्याय, घण्टीघरमा रातभर धर्ना बसे कर्णालीका नेता 


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघरमा हुम्लाका नेता कार्यकर्ता शुक्रबार रातभर धर्ना बसेका छन् । 

हुम्ला जिल्ला सभापति लरजित परियार र नेता गणेश पाण्डेसहित कर्णाली नेता कार्यकर्ताहरूले धापासी चस्मतीस्थि  पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन्।

पार्टीको समानुपातिक सूचीमा कर्णाली क्षेत्रको प्रतिनिधित्व नराखिएको र टासी ल्हाजोमको नाम सूचीबाट हटाइएपछि आक्रोशित  नेता कार्यकर्ताहरूले धर्ना दिएका हुन्।

धर्ना बसेका नेता गणेश पाण्डेले टासी ल्हाजोमले आफैंले नाम फिर्ता लिएको नभएर पार्टीले नै अन्यायपूर्ण तरिकाले हटाइदिएको बताएका छन् । कर्णालीबाट प्रतिनिधित्व नगराएपछि रातभर धर्ना बस्नुपरेको उनले बताएका छन् ।

रास्वपाले बुधबार समानुपातिक सूचीबाट टासी ल्हाजोमको नाम हटाएको छ। उनी आदिवासी जनजाति क्लस्टरबाट सूचीकृत थिइन्। 

टासीले आफूले नाम फिर्ता नलिएको बताउँदै  पार्टी नेतृत्वले एकतर्फी निर्णय गरेको बताएकी छन् । आफूलाई फ्री तिब्बतसँग सम्बन्ध रहेको भनेर लागेको आरोपबारे उनले आपत्ति जनाएकी छन् । उनले त्यसको  प्रमाण देखाउन चुनौती दिएकी छन्। ।

ुम फिर्ता हुने कुनै प्रक्रियामा सहभागी भएकी छैन। म तिब्बती नागरिक होइन। म फ्री तिब्बत अभियानसँग संलग्न छैन। मेरा प्रेमी पनि तिब्बती होइनन्ु, उनले भनेकी छन् । 

उनले समानुपातिक सूचीबाट आफूलाई हटाउँदा एक वचन नसोधिएको बताएकी छन् । ‘यदि मलाई समानुपातिक सूचीबाट हटाइएको हो भने यसबारे डिपी अर्यालसँग कुरा गर्नुहोस्। मलाई न त सोधिएको छ, न त कुनै छलफल भएको छ’, उनले भनेकी छन् ।

तर रास्वपा प्रवक्ता मनिष झाले नेताहरूसँग छलफलपछि टासीको नाम सूचीबाट हटाइएको  बताएका थिए। उता टासीले नेतृत्वले आफूसँग एक वचन नसोधेको  बताएकी छन् । उनले यसबारे रास्वपा उपसभापति डोलप्रसाद अर्याललाई सोध्न पनि भनेकी छन् ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  १ : ०१ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार