कुमाल समुदायको पेशा जोगाउँदै नगरपालिका « Khabarhub

कुमाल समुदायको पेशा जोगाउँदै नगरपालिका


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट– जिल्लाको रास्कोट नगरपालिकाले कुमाल समुदायको पेशा जोगाउन तीनमहिने तालिमको आयोजना गरेको छ । कुमाल समुदायको पुर्ख्यौली पेशाका रुपमा रहेको माटाको भाँडा बनाउनका लागि तालिमको आयोजना गरिएको हो । 

नगरपालिकाले कुमाल समुदायको पेशाको रक्षाका लागि तीनमहिने तालिम सुरु गरेको नगर प्रमुख धर्मराज शाहीले बताए । पछिल्लो समय युवापुस्ताले आफ्नो परम्परागत पेशालाई बिर्संदै गएकाले युवापुस्तालाई पेशाप्रतिको आत्म विश्वास दिलाउन नगरपालिकाले तालिम आयोजना गरेको उनको भनाइ छ । 

नगरपालिकाले कुमाल समुदायले माटोबाट निर्माण गरेका भाँडाको बजारीकरण गर्ने पनि जिम्मा लिने नगरपालिकाले जनाएको छ । कुमालले माटाका हुण्डी, घैँटा, पाला, भुट्को, आरीलगायतका माटाका बस्तु बनाउने गर्दछन् ।

कुमाल समुदायको तीन सय १६ घरधुरी रहेको कुमालवाडामा अहिले एकै जनाले पनि यो पेशा गरेका छैनन् । करिब एकदशकदेखि यो समुदाय यो पेशाबाट विस्थापित बनेपछि नगरपालिकाले उनीहरुको पेशा संरक्षणका लागि विशेष पहल थालेको हो । 

स्थानीय मनसिङ्गे कुमालका अनुसार माटो, दाउराको अभाव र युवापुस्ता पेशाप्रति आकर्षित हुन नसक्दा यो पेशा नै लोप हुने अवस्थामा आएको छ । पहिले बस्तीमा माटाका भाँडा बनाउने चहलपहल हुने गरे पनि अहिले भाँडा बनाउन छाडेका छन् । पछिल्ला वर्ष माटाका भाँडाप्रति उपभोक्ताको रुचि घट्दो र उत्पादन गर्ने कुमाल समुदाय यो पेशालाई अप्ठ्यारो पेशाका रुपमा लिन थालेपछि संकटमा परेको हो । 

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ३ : ५२ बजे

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा

कांग्रेसको कमान्ड गगनले लिएपछि दुई कम्युनिस्ट संवादमा, चुनाव सार्ने विषयमा कुराकानी 

काठमाडौं– निर्वाचन आयोगले नेपाली कांग्रेसको अधिकारिकता गगन थापालाई दिएसँगै दुई

एमाले सचिवालय बैठक बस्दै, प्रतिनिधिसभामा उम्मेदवार टुंगो लगाउने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो

कांग्रेस सभापति गगन थापालाई सुजाताको शुभकामना, भन्छिन्– परिवर्तनलाई स्वीकार्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र