रुसी फौजद्वारा पूर्वी युक्रेनमा विद्युत आपूर्ति ठप्प, ९० लाख युक्रेनी प्रभावित « Khabarhub

रुसी फौजद्वारा पूर्वी युक्रेनमा विद्युत आपूर्ति ठप्प, ९० लाख युक्रेनी प्रभावित


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनी प्रत्याक्रमणको बदला लिन रुसी फौजले पूर्वी युक्रेनमा विद्युत आपूति ठप्प पारिदिएका छन् । पूर्वी युक्रेनमा रुसी फौजले विद्युत आपूर्ति ठप्प पारिदिँदा लाखौँ मानिसहरु अन्धकारमा बस्न बाध्य भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

युक्रेनले हालै सुरु गरेको प्रत्याक्रमणका क्रममा रुसी कब्जामा रहेको ३ हजार वर्ग किलोमिटर भूभाग पुनः फिर्ता गरेको दाबी गरिरहेका बेला रुसले विद्युत काटिदिएको हो ।

विद्युत आपूर्ति रूपमा काटिनुले खार्किभ र डोनेत्स्कलगायत पूर्वी क्षेत्रका करिब ९० लाख मानिस प्रभावित भएको बताइएको छ । खार्किभका मेयर इहोर तेरेखोभले नागरिक पूर्वाधारमा रुसी आक्रमणले उक्त सहरको धेरैजसो भागमा बिजुली र पानी नभएको बताए ।

उनले यसलाई युक्रेनी सेनाको पछिल्लो सफलताको बदला लिने एउटा ‘घिनलाग्दो र निन्दनीय प्रयास’ को संज्ञा दिएका छन् ।

उक्त सहरमा दुई वटा मिसाइल हमला भएको बीबीसीले जनाएको छ । तेरेखोभ र उक्त राज्यका गर्भनरले सर्वसाधारणलाई शान्त हुन आह्वान गरेका छन् । आकस्मिक सेवाहरूले क्षति मर्मत गर्न र आगो निभाउन काम गरिरहेका बताइएको छ ।

छिमेकी सुमी क्षेत्रका गभर्नरले एउटै जिल्लामा मात्रै १३० भन्दा बढी बस्ती विद्युतविहीन रहेको बताए ।

ड्निप्रोपेत्रोभ्स्क र पोल्टाभा क्षेत्रका बासिन्दा पनि विद्युतविहीन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिजुली कटौतीपछि राष्ट्रपति जेलेन्स्कीले रुसले नागरिक पूर्वाधारलाई लक्षित गरेर आतंकवादी कार्य गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ४ : ३३ बजे

‘मधेशी समुदायका बालेन प्रधानमन्त्री बन्दा जनताले देखेका सपना पुरा हुन्छन्’

काठमाडौं– संघीय लोकतान्त्रिक मोर्चाले देशमा उत्पीडित जनताहरूले देखेका सपना पुरा

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

ब्रासिलिया– निर्वाचित सत्ता उल्टाउने विद्रोह ‘कू’ को षड्यन्त्र रचेको अभियोगमा

माइडियाले ल्यायो पाँच मोडलका इन्डक्शन हब 

काठमाडौं– होम एप्लायन्स ब्रान्ड माइडियाले आधुनिक प्रविधिमा आधारित इन्डक्शन हबलाई ग्यासको वैकल्पिक समाधानका

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन