विदेशिएका नागरिकबाट प्राप्त रेमिट्यान्सले राहत मिलेको छ : श्रीलङ्काली श्रममन्त्री « Khabarhub

विदेशिएका नागरिकबाट प्राप्त रेमिट्यान्सले राहत मिलेको छ : श्रीलङ्काली श्रममन्त्री


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलङ्काली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले विदेशिएका श्रीलङ्कालीहरुबाट प्राप्त रेमिटेन्सले आर्थिक सङ्कटमा परेको देशमा राहात मिलेको बताएका छन् ।

उनले उनीहरुबाट पठाइएको रेमिटेन्स रकम अगष्ट महिनासम्ममा ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको पनि जानकरी दिएको प्राप्त समाचारमा जनाइएको छ ।

उनले वैदेशिक रोजगारीमा गएका श्रीलङ्कालीबाट प्राप्त भएको रेमिटेन्स रकम पछिल्ला दिनमा बढ्दो रहेको भन्दै यसबाट वैदेशिक मुद्राको खाँचो विस्तारै सहज भएको बताए । उनले गत जुलाई महिनाको तुलनामा अगष्ट महिनामा रेमिटेन्स रकम १४ दशमलब ६ प्रतिशतले बढेको पाइएको जानकारी दिएका हुन् ।

उनले रेमिटेन्स रकम पठाउने व्यक्तिहरुलाई विशेष धन्यवाद पनि दिएका छन् । ‘देश आर्थिक सङ्कटमा परेका बेला विदेश पुगेका नागरिकहरुबाट प्राप्त रेमिटेन्स रकमका लागि विशेष धन्यवाद छ’– मन्त्री नानकायराले भने ।

गएको वर्षदेखि आर्थिक सङ्कटमा फसेको श्रीलंकामा वैदेशिक रोजगारीका लागि देश छोडेर जानेहरुको संख्या बढ्दै गएको पाइएको छ । यस वर्षमात्र यहाँका दुई लाखभन्दा बढी मानिसहरु वैदेशिक रोजगारीका लागि विदेशिएका बताइएको छ ।

श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री नानायक्काराले यसै वर्षको जनवरीदेखि अगष्ट महिनासम्ममा ती नागरिकले वैदेशिक रोजगार विभागमा दर्ता गराएर नै वैदेशिक रोजगारीका लागि गएको जानकारी दिएका हुन् ।

यसअघि उनले आइतबार यसवर्ष मात्र दुई लाख भन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि विदेश गएको जानकारी दिएका िथए । यसबाहेक अरु कतिपय श्रीलङ्कालीहरु पनि दर्ता नै नगराइकन विदेश गएका हुनसक्ने जनाइएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ५ : ०६ बजे

सङ्घीयता नै नागरिकको पहुँचको आधार हो : नेता त्रिपाठी

नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)- जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले

रिहा हुन रविले रुपन्देही अदालतमा बुझाए ३ करोड ७४ लाखको बैंक ग्यारेन्टी

काठमाडौं- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

जेलबाट छुट्नेबित्तिकै रवि : यिनीहरूले अन्याय गरे, हिसाब मिलाउन बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

राजनीतिक अस्थिरताका कारण नेपालको सार्वजनिक खर्च प्रणालीमा गम्भीर समस्या देखियो

काठमाडौं– आर्थिक पत्रकार समाज (सेजन) को आयोजनामा सार्वजनिक खर्चको प्रभावकारिता

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा