देश बचाउन एमालेलाई बहुमत आवश्यक : अध्यक्ष ओली « Khabarhub

देश बचाउन एमालेलाई बहुमत आवश्यक : अध्यक्ष ओली


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बचाउनका लागि एमालेलाई बहुमत आवश्यक रहेको बताएका छन्।

सोमबार जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेलाई सरकारमा जान मात्रै नभएर मुलुकलाई बचाउन, समृद्धिको बाटोतर्फ अघि बढाउन बहुमत आवश्यक रहेको बताएका हुन्।

उनले एमालेको नेतृत्वमा मात्रै देशका शिक्षा, स्वास्थ्य पूर्वाधार लगायतको विकास हुने बताए। आगामी निर्वाचनले देशप्रति समर्पित सरकार दिन सक्नुपर्ने पनि उनले बताए । अध्यक्ष ओलीले अहिलेको निर्वाचन सामान्य निर्वाचन नभएको र देशको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचन भएको धारणा राखे।

उनले पछिल्लो १४ महिनामा गठबन्धनले देशलाई बर्बादीतिर लगेको आरोप लगाउँदै अर्को पाँच वर्ष फेरि गठबन्धनलाई दिन नहुने उल्लेख गरे।

ओलीले अबको निर्वाचन एमालेको पक्षमा नआए देश बर्बाद हुने समेत बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ५ : ०८ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण