कोरोना महामारीपछि पहिलोपटक चिनियाँ राष्ट्रपति विदेश भ्रमणमा निस्किँदै, यसै हप्ता मध्य एसियाको भ्रमण गर्ने « Khabarhub

कोरोना महामारीपछि पहिलोपटक चिनियाँ राष्ट्रपति विदेश भ्रमणमा निस्किँदै, यसै हप्ता मध्य एसियाको भ्रमण गर्ने


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनका राष्ट्रपति सी जिन्पिङले यस हप्ता मध्य एसियाली मुलुकहरु कजाखस्तान र उज्बेकिस्तानको भ्रमण गर्ने भएका छन् । कोरोना भाइरस महामारीको प्रारम्भिक समययता हालसम्म उनको यो पहिलो विदेश भ्रमण हुने सोमबार जानकारी दिइएको छ ।

सीले उज्बेकिस्तानको समरकन्द शहरमा हुने साङ्घाई सहयोग सङ्गठन (एससीओ) का नेताहरुको शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ । यसअघि सार्वजनिक समाचारमा सीले यसै भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने बताइएको थियो ।

राष्ट्रपति सीले बुधबारदेखि शुक्रबारसम्म कजाखस्तान र उज्बेकिस्तानको भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

एससीओमा चीन, रुस, भारत, पाकिस्तान, साथै चार मध्य एसियाली देशहरु कजाखस्तान, किर्गिस्तान, उज्बेकिस्तान र ताजिकिस्तान सदस्य राष्ट्र छन् । यस शिखर सम्मेलन आगामी सेप्टेम्बर १५ र १६ मा उज्बेक शहर समरकन्दमा हुने तय भएको छ ।

यसअघि राष्ट्रपति सी सन् २०२० जनवरीमा म्यान्मारको भ्रमणमा गएका थिए । उनी फर्केको केही दिनपछि पूरै वुहान सहरलाई कोरोना भाइरसको प्रकोपले छोपेको थियो । त्यसयता उनले विदेश भ्रमण गरेका छैनन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ५ : ५० बजे

बाँदरले हैरान पारेपछि ‘बेसार खेती’

तनहुँ – कृषि ज्ञान केन्द्र तनहुँले बाँदरले हैरान पार्न थालेपछि

बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

बागलुङ – जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ।

तीनवटा पुल बनाउन साढे १२ करोड बजेट

म्याग्दी – म्याग्दीमा तीनवटा पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट

२९ जिल्ला न्यायाधीशका लागि जागिर खुल्यो

काठमाडौँ – २९ जिल्ला न्यायाधीशका लागि जागिर खुलेको छ। न्याय

नेपाल राष्ट्रसङ्घको आर्थिक परिषद् सदस्यमा निर्वाचित

वाशिङ्टन डिसी – नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को