विश्वभर ५ करोड मानिस दास भएर बाँच्न बाध्य : आईएलओ « Khabarhub

विश्वभर ५ करोड मानिस दास भएर बाँच्न बाध्य : आईएलओ


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर आधुनिक दासप्रथा ह्वात्तै बढेको पाइएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा पछिल्लो पाँच वर्षमा मात्रै आधुनिक दासप्रथामा बाँच्न विवश मानिसहरुको सङ्ख्या १ करोडले बढेको उल्लेख छ । यससँगै हाल विश्वभर झण्डै ५ करोड मानिसहरु दास भएर बाँच्न बाध्य रहेको आईएलओले जनाएको छ ।

यसअनुसार विश्वका हरेक १५० मध्ये एकजना अनिच्छित श्रम एवम् अनिच्छित विवाह गर्न बाध्य छन् ।

आईएलओले पछिल्लो तथ्यांक र आधुनिक दासताको अवस्था अझ खराब हुँदै जानुलाई लाई ‘आश्चर्यजनक’ भनेको छ ।

‘नैसर्गिक मानवअधिकारको यस्तो उल्लङ्घन कायमै रहनुलाई कुनै हालतमा न्यायोचित मान्न सकिन्न ।’ आईएलओका महानिर्देशक गाई राइडरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसका लागि समाजमा रहेका ट्रेड युनियन, रोजगारदाता संगठन, नागरिक समाज र आम सर्वसाधारणको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

आईएलओले आधुनिक दासता गरिब मुलुकमा मात्रै नभई विकसित पश्चिमा मुलुकमा पनि उत्तिकै व्यापक रहेको पाइएको जनाएको छ ।

आधुनिक दासतामध्ये झण्डै आधा विकसित एवम् उच्च–मध्यम आय भएका मुलुकमा रहेको पाइएको आईएलओको प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आईएलओले अनिच्छित श्रमसँगै अनिच्छित विवाहलाई पनि दासताको श्रेणीमा राखेको छ । दुबै अवस्थामा रहेको व्यक्ति ‘धम्की, हिंसा, छली, शक्तिको दुरुपयोग वा अन्य कारणले’ यथास्थितीबाट उम्कन नसक्ने भएका कारण अनिच्छित विवाहलाई पनि आधुनिक दासताको श्रेणीमा राखिएको जनाइएको छ ।

‘अनिच्छित श्रम केही वर्षसम्म रहनसक्छ, तर अनिच्छित विवाह जन्मकैदजस्तै हुने गर्छ ।’ आईएलओको प्रतिवेदनमा उल्लेख छ ।

विश्वभर २ करोड २० लाख मानिसहरु अनिच्छित विवाहको फन्दामा परेको बताइएको छ । यीमध्ये दुई तिहाई महिला छन् । यसमा पनि अधिकांशले १५ वर्षभन्दा कम उमेरमा विवाह गर्ने गरेको पाइएको जनाइएको छ ।

विभिन्न चक्रिय संकटका कारण आधुनिक दासताको अवस्था खराब बन्दै गएको प्रतिवेदनमा जनाइएको छ ।

उदाहरणका लागि कोभिड १९ महामारीले धेरै मानिसहरुलाई गरिबीमा धकेलेको छ । परिणामस्वरुप धेरै मानिसहरु ऋणमा डुबेको र अरु कैयौँ कठोर गरिबीमा फसेको जनाइएको छ । यसबाट पनि मानिसहरु अनिच्छित श्रममा लाग्न बाध्य भएको आईएलओको प्रतिवेदनमा उल्लेख छ ।

यसबाहेक सशस्त्र द्वन्द्व, जलवायु परिवर्तन पनि आधुनिक दासता बढ्नुको कारण रहेको बताइएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ६ : २७ बजे

देउवाले सभापति लेख्दा कांग्रेसको आपत्ति

काठमाडौं– नेपाली कांग्रेसले सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड अनधिकृत रूपमा

महामन्त्रीको संयोजकत्वमा ‘राइट टु रिकल’ समिति बन्ने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ‘राइट टु

कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च पुगे देउवा र खड्का

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले १५औँ महाधिवेशन

ड्रम बजाउने र नाच्ने मान्छेले वाचा पूरा गर्न नसकेपछि ‘भोट फिर्ता लैजाऊ’ भने : आनन्दप्रसाद ढुंगाना

काठमाडौं– नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले आफ्ना

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।