केन्द्र सरकारसँगको सहकार्यमा ताप्लीमा पुग्यो बिजुली « Khabarhub

केन्द्र सरकारसँगको सहकार्यमा ताप्लीमा पुग्यो बिजुली


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कटारी- उदयपुरको उत्तरपश्चिमी पहाडी गाउँपालिका ताप्ली गाउँपालिकामा पहिलो पटक बिजुली पुगेको छ । गाउँपालिकामा पहिलो पटक केन्द्रीय प्रसारणको विद्युत् जोडिएको हो ।

गाउँपालिकाका अध्यक्ष ढुङ्गाराज विश्वकर्माले गाउँपालिकामा विद्युत् पुर्‍याउन सफल भएको बताए। “गाउँपालिकाको कुमलटार, कपसटार, मादले, ठानागाउँका केही घरमा बिजुली बाल्यौँ”, विश्वकर्माले भने, “अहिले गाउँपालिकाका दुई सय परिवारलाई निःशुल्क मिटरबक्स वितरण गरेका छौँ ।” उनका अनुसार गाउँपालिकाका–५ वटै वडामा बिजुली पुर्‍याउने गरी काम भइरहेको छ । गाउँपालिकाले उज्यालो अभियानअन्तर्गत गाउँपालिकाका सबैलाई निःशुल्क विद्युत् मिटर वितरण गर्ने तयारी गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणको कटारी शाखाले कटारी नगरपालिका–९ स्थित लिम्पाटारबाट ताप्लीमा बिजुलीको केन्द्रीय प्रसारण लाइन जोडेको हो । गाउँपालिकाकी उपाध्यक्ष धनम मगरले निर्वाचनका समयमा नगरवासीलाई बिजुली बाल्छौँ भन्ने प्रतिबद्धता जनाएअनुसार काम गरेका कारण बिजुली बालिएको हो । “सय दिनमा बिजुली बाल्छौँ भनेका थियौँ  । उनाइन्न सय दिनमा बिजुली परीक्षण गर्‍यौँ ।” उनले भने, “पहिलो काम नै बिजुली बाल्ने गरी अघि बढेका थियौँ ।”

गाउँपालिकाले केन्द्र सरकारसँगको सहकार्यमा गाउँपालिकामा बिजुली पुर्‍याएको हो । “राष्ट्रिय बजेटबाट नै यहाँ बिजुली बाल्न सुरु गरेका छौँ ।” गाउँपालिकाका अध्यक्ष विश्वकर्माले भन्नुभयो, “केन्द्रीय बजेटबाट नै गाउँपालिका भरी बिजुली बल्नेछ ।” निर्वाचित भएपछि केन्द्र सरकारका प्रतिनिधिसँग भेटघाट गरेर पहल थालेपछि काम छिटो भएको छ ।

गाउँमा बिजुली पुगेपछि स्थानीय हर्षित भएका छन् । यसअघि स्थानीय यारी खोलाबाट लघु जलविद्युत् आयोजनाबाट गाउँपालिकाको केन्द्र आसपास बिजुली बाले पनि त्यो दिगो थिएन ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ८ : ०२ बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक