केन्द्र सरकारसँगको सहकार्यमा ताप्लीमा पुग्यो बिजुली « Khabarhub

केन्द्र सरकारसँगको सहकार्यमा ताप्लीमा पुग्यो बिजुली


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कटारी- उदयपुरको उत्तरपश्चिमी पहाडी गाउँपालिका ताप्ली गाउँपालिकामा पहिलो पटक बिजुली पुगेको छ । गाउँपालिकामा पहिलो पटक केन्द्रीय प्रसारणको विद्युत् जोडिएको हो ।

गाउँपालिकाका अध्यक्ष ढुङ्गाराज विश्वकर्माले गाउँपालिकामा विद्युत् पुर्‍याउन सफल भएको बताए। “गाउँपालिकाको कुमलटार, कपसटार, मादले, ठानागाउँका केही घरमा बिजुली बाल्यौँ”, विश्वकर्माले भने, “अहिले गाउँपालिकाका दुई सय परिवारलाई निःशुल्क मिटरबक्स वितरण गरेका छौँ ।” उनका अनुसार गाउँपालिकाका–५ वटै वडामा बिजुली पुर्‍याउने गरी काम भइरहेको छ । गाउँपालिकाले उज्यालो अभियानअन्तर्गत गाउँपालिकाका सबैलाई निःशुल्क विद्युत् मिटर वितरण गर्ने तयारी गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणको कटारी शाखाले कटारी नगरपालिका–९ स्थित लिम्पाटारबाट ताप्लीमा बिजुलीको केन्द्रीय प्रसारण लाइन जोडेको हो । गाउँपालिकाकी उपाध्यक्ष धनम मगरले निर्वाचनका समयमा नगरवासीलाई बिजुली बाल्छौँ भन्ने प्रतिबद्धता जनाएअनुसार काम गरेका कारण बिजुली बालिएको हो । “सय दिनमा बिजुली बाल्छौँ भनेका थियौँ  । उनाइन्न सय दिनमा बिजुली परीक्षण गर्‍यौँ ।” उनले भने, “पहिलो काम नै बिजुली बाल्ने गरी अघि बढेका थियौँ ।”

गाउँपालिकाले केन्द्र सरकारसँगको सहकार्यमा गाउँपालिकामा बिजुली पुर्‍याएको हो । “राष्ट्रिय बजेटबाट नै यहाँ बिजुली बाल्न सुरु गरेका छौँ ।” गाउँपालिकाका अध्यक्ष विश्वकर्माले भन्नुभयो, “केन्द्रीय बजेटबाट नै गाउँपालिका भरी बिजुली बल्नेछ ।” निर्वाचित भएपछि केन्द्र सरकारका प्रतिनिधिसँग भेटघाट गरेर पहल थालेपछि काम छिटो भएको छ ।

गाउँमा बिजुली पुगेपछि स्थानीय हर्षित भएका छन् । यसअघि स्थानीय यारी खोलाबाट लघु जलविद्युत् आयोजनाबाट गाउँपालिकाको केन्द्र आसपास बिजुली बाले पनि त्यो दिगो थिएन ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ८ : ०२ बजे

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान