युवामा उत्साह, चिन्तामा शीर्ष नेता | Khabarhub Khabarhub

चुनावी चर्चा

युवामा उत्साह, चिन्तामा शीर्ष नेता


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आउँदो मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावका लागि माहोल तातेको छ । नेताहरूले उम्मेद्वारी दर्ता गरेर चुनावी प्रचारप्रसार तीव्र पारेका छन् । विगत वर्षहरूमा यसपटक चुनावी माहोल केही फरक छ ।

त्यो फरकपन सबैभन्दा बढी शीर्ष नेताहरूमा छ । यसपटकको चुनावमा धेरै युवाहरू चुनावी मैदानमा छन् । राजनीतिमा सक्रिय नभएपनि स्वतन्त्र उम्मेद्वारी दर्ता गरेर युवाहरू राजनीतिक रुपमा चुनावी मैदानमा उत्रिएका हुन् ।

यसरी उत्रिनेमा कतिपय आफ्नै दलबाट टिकट नपाएर, चुनाव लड्ने उम्मेद्वार बन्न नपाएर र पार्टीले विश्वास नगरेर बेवास्ता गरिएका युवा नेता पनि छन् । तर कतिपय चाँहि विभिन्न पेशामा रहेर आफ्नो गाउँठाउँको विकासमा केही गरौँ भन्ने उद्देश्यसहित मैदानमा ओर्लिएका छन् ।

यसरी अचानक लहर नै भएपनि आफ्नो ठाउँको विकासका लागि युवाहरू अघि सर्नु सकारात्मक हो । तर युवाहरूको सकारात्मक सोच, उत्साह र स्वतन्त्र नै भएपनि उम्मेद्वार बन्ने लहरले ठूला पार्टीका शीर्ष तथा वरिष्ठ नेता यतिबेला त्रासमा छन् ।

चुनाव जित्नैका लागि एकआपसमा गठबन्धन गरेका नेहरु यतिबेला आत्तिन थालेका छन् । उम्मेद्वारी दर्ता गरेर घरदैलोमा पुगेका नेताहरू यसै पनि मतदाताको प्रश्न र विकासप्रतिकाे चिन्ताले झन् ठूलो चिन्तामा छन् ।

त्यसमाथि स्वतन्त्र युवाहरू वर्षौँदेखि जित्दै आएका नेताहरूको ‘खेदो’ खन्दै अब ‘नो नट अगेन’ भनेर चुनावी मैदानमा ओर्लिएपछि उनीहरु आत्तिन थालेका छन् । सामाजिक सञ्जालमा सुरु भएको लहर र बढ्दो दबाबले नेताहरू यतिबेला ढुक्कले पहिलेजसरी चुनाव लड्न सकिरहेका छैनन् । बरु उल्टै स्वतन्त्र युवाहरूले ‘पासा’ पल्टाउँछन् कि भन्ने चिन्ता छ ।

यता स्वतन्त्र उम्मेद्वार पनि बढी उत्साहमा छन् । दुईतिर कांग्रेस र माओवादी तथा एमाले र जसपा जस्ता राजनीतिक दल गठबन्धन गरेर चुनावी मैदानमा ओर्लिँदा स्वतन्त्र युवाहरूको जित आफैँमा चुनौतिपूर्ण छ ।

यसले कतिपयलाई चुनाव जित्ने उम्मेदवारको भोट काटिने चिन्ता छ । कतिपयलाई चाँहि आफ्नो जितमा पनि शंका गर्न थालेका छन् । विकासको नारा घन्काएर, आश्वासन छरेर जनतामा जाने ठाउँ अब कम्तीमा बूढा नेताहरूका लागि सहज छैन ।

आधुनिक प्रविधिको युगले गर्दा स्वतन्त्र युवा उम्मेदवारलाई झन् सहज बनाएको छ । तर पार्टीगत राजनीति गरिरहेका नेताहरूलाई भने झन् जटिल बनाएको छ । जसले गर्दा विगतका दिनमा पार्टीको नेतृत्व गरेका माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई यसपटक स्वतन्त्र युवाहरूको लहर तथा उनीहरूकै पार्टीका असन्तुष्ट नेताले चुनौति थपेका छन् । युवाहरूको उत्साह र साहसलाई सही थाप्दै बाबुराम भट्टराईले चुनाव नै नलड्ने उद्घोष गरेका छन् । यो एकहदसम्म सकारात्मक पनि हो ।

यस्तोमा उनीहरु चुनाव हारिन्छ कि भन्ने चिन्तामा छन् । ओली र देउवा पुरानै ठाउँबाट चुनाव लडेपनि प्रचण्ड चितवनबाट गोरखा पुगेका छन् । अनि युवाहरूको लहर उनीहरूलाई जसरी पनि रोक्ने भन्नेमा छन् ।

बिसौँ वर्ष राजनीति गरेर देशलाई केही पनि उपलब्धि दिन नसकेको भन्दै युवा नेताहरू आक्रोशित छन् । व्यवस्था बदलेर आफू नयाँ राजा बन्ने होडबाजीमा नेताहरू लागेको भन्दै युवा नेताहरू यसपटक आफूलाई जनताले मतदान गर्ने आशामा छन् ।

तर युवाहरूमा आशा र उत्साह भएपनि सहजता भने छैन । युवाहरूको उपस्थिति र साहसले मात्रै पनि यसपटक चुनाव लडिरहेका बूढा तथा शीर्ष नेताहरूलाई चिन्ता थपिदिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  २ : १९ बजे

बागमती र पशुपति क्षेत्रलाई स्वच्छ बनाउन छलफल

काठमाडौं – शिवपुरीदेखि बग्दै आएको बागमती नदी र नदी तटमा

उत्तराखण्डको सुरुङमा १७ दिनदेखि फसेका ४१ मजदुरको सकुशल उद्धार

उत्तराखण्ड – विगत १७ दिनदेखि भारतको उत्तरकाशी सुरुङमा फसेका ४१

कानुनमा साना उद्योग प्रवर्द्धनको व्यवस्था गर्न माग

काठमाडौं– लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्न औद्योगिक व्यवसाय

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’को सेमिफाइनल समीकरण पूरा

कास्की – पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’

भक्तपुर केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्प

काठमाडौं– भक्तपुर केन्द्रबिन्दु भएर मंगलबार फेरि अर्को भूकम्प गएको छ।