लोप हुँदै स्थानीय जातका कुखुरा | Khabarhub Khabarhub

लोप हुँदै स्थानीय जातका कुखुरा


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

मेलम्ची– पछिल्लो समय सिन्धुपाल्चोकमा स्थानीय जातका कुखुरा पाइनै छाडेको छ । क्रस, ब्वायलर र गिरिराज जातका कुखुरा गाउँगाउँमा पाइन्छ । तर स्थानीय जातका कुखुरा भने विरलै मात्रामा पाइन्छ । स्थानीय जातका कुखुराबाट आम्दानी हुन लामो समय कुर्नुपर्ने तर उन्नत र ब्वायलर कुखुराबाट छिटो आम्दानी हुने भएकाले पनि स्थानीय जातका कुखुरामा कमी आउन थालेको हो । जिल्लाको सुगम ठाउँमा मात्रै होइन, दुर्गम क्षेत्रमा समेत ब्वायलर, कोइलर र गिरिराज जातको कुखुराको चल्ला ल्याएर पाल्न थालेपछि स्थानीय जातका कुखुरामा कमी हुँदै आएको छ । 

स्थानीय जातका कुखुरा महँगो पर्नका साथै हुर्कनका लागि समय लाग्ने भएकाले लेयर्स, ब्वायलर कोइलर, गिरिराज जातका कुखुरापालनप्रति किसानको आकर्षण बढेको मेलम्ची-७ का बिना भारतीले बताइन्। छिटो हुर्कने र सस्तो हुने भएकाले नयाँ जातका कुखुराको माग बढ्न थालेकाले स्थानीय जातको कुखुरामा कमी आएको उनले बताइन् ।

कृषकहरूले घरघरमा खानकै लागि पनि आधुनिक जातका कुखुरापालन गरिरहेको इन्द्रावती–४ का नरमान श्रेष्ठले बताए । उनले नयाँ जातका कुखुराहरु छिटो हुर्कने र मनग्य आम्दानी गर्न सकिने भएपछि अधिकांशले आफू खान र केही खर्च जुटाउन पनि उन्नत जातका कुखुरा मात्रै पाल्ने गरेको जानकारी दिए । स्थानीय जातका विशेषगरी साकिनी, घाँटी खुइले र उल्टे प्वाँख जातका कुखुराभन्दा ब्वायलर कुखुरा दुई महिनाभित्र बजारमा लिएर आउने र बिक्री भएर आम्दानी हातमा पर्ने भएकाले स्थानीय जात हराउन थालेको स्थानीयहरुले बताएका छन् । 

स्थानीय जातको कुखुराको माग अत्यधिक हुने भए पनि उत्पादन हुन धेरै समय लाग्ने भएकाले स्थानीय जातका कुखुरापालनमा कृषकको आकर्षण कमी आएको मेलम्ची-१० का  देवीबहादुर अधिकारीले बताए । अधिकारीका अनुसार पछिल्लो समय सस्तो मूल्यमा ब्वायलर, कोइलर, गिरिराज कुखुरा आउन थालेपछि किसानहरू उन्नत जातका कुखुराप्रति आकर्षित भएका छन् । स्थानीय जातका कुखुरापालनमा आकर्षित हुने कृषकको सङ्ख्या कमी भएको उनले बताए । 

अन्य कुखुराभन्दा लोकल कुखुरा महँगो पर्ने र लामो समय कुर्नुपर्ने भएकाले पनि स्थानीहरू स्थानीय जातका कुखुरापालनमा आकर्षण घटेको उनले बताए। जिल्लाका प्रत्येक गाउँगाउँमा विभिन्न उन्नत जातका कुखुराको प्रचलन बढ्दै गएको छ । स्थानीय जातका कुखुरा संरक्षणमा र स्थानीय जातको कुखुराको उत्पादनमा वृद्धि गरी बजारीकरणमा सहजीकरण गर्न स्थानीय तहले सहजीकरण गर्नुपर्ने आवश्यकता रहेको छ । 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  २ : १३ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय