नवौं राष्ट्रिय खेलकुद : नेपाल पुलिस क्लबको लगातार दोस्रो जित « Khabarhub

नवौं राष्ट्रिय खेलकुद : नेपाल पुलिस क्लबको लगातार दोस्रो जित


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ । पोखरामा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ लाई १ सय १८ रनले पराजित गरेको छ । पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले २० ओभरमा ८ विकेट गुमाएर ४० मात्र जोड्न सक्यो ।

 प्रदेश १ का लागि लकिता राजवंशी र सानु राजवंशीले समान ११-११ रन बनाए । उसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पुलिस क्लबका लागि हिरन्माई रोयले ३ तथा कविता जोशी, कविता कुँवर र सबनम राईले समान १-१ विकेट लिए । त्यस अघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ३ विकेट गुमाएर १ सय ५८ रन जोडेको थियो । पुलिसका लागि सम्झना खड्काले ६० रनको अर्धशतकीय इनिङ खेले । जितसँगै पुलिस ४ अंक जोड्दै समूह ’बी’ को शीर्ष स्थानमा कायमै रहेको छ ।

त्यस्तै बुधबार नै भएको अर्को खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १ सय ४ रनले पराजित गरेको छ । लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको कर्णालीले ८ ओभर ३ बलमा अलआउट हुँदै २३ रन मात्र जोड्न सक्यो । कर्णालीका लागि कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । किरन कुँवरले बनाएको ५ रन नै सर्वाधिक रन रह्यो । त्यस अघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाएर १ सय २७ रन जोडेको थियो । लुम्बिनीका ३१ तथा सरस्वती जीएमले ३० रन बनाइन् ।

 जितसँगै लुम्बिनी ३ अंक जोड्दै समूह ’बी’ को दोस्रो स्थानमा कायमै रहेको छ । जित विहीन कर्णाली प्रदेश भने २ खेलमा अंक विहीन पुछारमा रहेको छ । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह ’ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ । समूह ’बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश रहेको छ ।

 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ४ : ५९ बजे

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क

उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार : १० लाख धरौटी बुझाएर रिहा भए नवलकिशोर

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेका पूर्वनिमित्त महाप्रवन्धक नवलकिशोर साहलाई

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडाैं – वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा