मकवानपुरमा महिला उम्मेदवार १० प्रतिशत « Khabarhub

मकवानपुरमा महिला उम्मेदवार १० प्रतिशत


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बागमती– यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा कूल उम्मेदवारमध्ये पुरुषको तुलनामा महिलाको उम्मेदवारी कम अर्थात् १० प्रतिशत मात्र रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुर हेटौँडाका अनुसार विभिन्न राजनीतिकबाट र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दिएकामध्ये सात जना महिलाले मात्र उम्मेदवारी परेको छ ।

उम्मेदवारी दिएका महिलामध्ये दुई जना महिला राजनीतिक दलबाट र पाँच जना महिला  स्वतन्त्रबाट रहेको सो कार्यालयले जनाएको छ । प्रतिनिधिसभाका लागि एक जना र प्रदेशसभाका लागि छ जना महिलाले उम्मेदवारी दिएका हुन् ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा मकवानपुरको निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसकी नेत्री महालक्ष्मी उपाध्याय डिनाको उम्मेदवारी रहेको छ । त्यस्तै प्रदेशसभामा मकवानपुर निर्वाचन क्षेत्र नं २ (क) बाट माओवादी केन्द्रबाट कुमारी मोक्तानले उम्मेदवारी दिएको बुझिएको छ।

अन्य स्वतन्त्र उम्मेदवारमा लक्ष्मी गुरुङ, निर्मला गौतम, कमला गौतम, लक्ष्मी अधिकारी लामिछाने र शान्ति दाहालले उम्मेदवारी दिएको सो कार्यालयबाट जनाइएको छ । स्वतन्त्र मकवानपुर निर्वाचन क्षेत्र नं २ को (ख) बाट उम्मेदवारी दिएर प्रतिस्पर्धामा रहेका छन् ।

कार्यालयका अनुसार मकवानपुर जिल्लामा प्रतिनिधिसभा क्षेत्र नं १ मा दुई स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै मकवानपुरको प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं २ मा एक जना स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका हुन् । 

उता प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्रमा ४३ जनाले उम्मेदवारी दिएको छ । जसमा १४ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । गठबन्धनका कारण महिलाको उम्मेदवारी कम भएको आरोप लगाइएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ६ : २७ बजे

१३ गतेसम्म अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी

काठमाडौँ- नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः

‘डिजिटल हिंसा पनि हिंसा हो’

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको

सरकारको प्राथमिकता नै निर्वाचन हो: गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले

गौरीगञ्ज इलाका प्रशासन कार्यालयका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

झापा- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन

काठमाडौँमा नगद र गहना चोरी गर्ने २ भारतीय पक्राउ

काठमाडौं- काठमाडौंमा नगद र गरगहना चोरी कार्यमा संलग्न दुई भारतीय