भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने आइएमएफको प्रक्षेपण « Khabarhub

भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने आइएमएफको प्रक्षेपण


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२२ मा भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशतमा झार्ने प्रक्षेपण गरेको छ ।आईएमएफले यस वर्ष भारतको आर्थिक वृद्धिदरको प्रक्षेपणलाई दोस्रो पटक घटाएको हो ।

जुलाईमा आईएमएफले सन् २०२२ को अप्रिलदेखि सुरु हुने आर्थिक वर्षमा भारतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ७.४ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको थियो । यो अनुमान यस वर्षको जनवरीमा अनुमान गरिएको ८.२ प्रतिशतभन्दा कम हो ।

आर्थिक वर्ष २०२१–२२ (अप्रिल २०२१ देखि मार्च २०२२) मा भारतको आर्थिक वृद्धि दर ८.७ प्रतिशतले बढेको छ ।

आईएमएफले मङ्गलबार सार्वजनिक गरेको वार्षिक अन्तर्राष्ट्रिय आर्थिक मूल्याङ्कन रिपोर्टमा सन् २०२२ मा भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत रहने उल्लेख छ । जुलाईको पूर्वानुमानभन्दा ०.६ प्रतिशत बिन्दुले तल झरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ८ : २५ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको