दाउन्नेमा पहिरो, पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालन | Khabarhub Khabarhub

दाउन्नेमा पहिरो, पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालन


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कावासोती – पूर्वी नवलपरासीको दाउन्नेमा पहिरो जाँदा चार घर विस्थापित भएका छन् ।

लगातार केही दिनदेखि परेको वर्षाले दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पूर्वपश्चिम राजमार्ग र बजारका घरमा चिरा परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रवक्ता सन्तोष पाठकले बताए।

पहिराका कारण सडक चर्किएपछि पूर्व–पश्चिम राजमार्ग एकतर्फीरूपमा मात्रै सञ्चालन गरिएको र चर्किएका घरका परिवारका सदस्य र मालसामान सुरक्षित स्थानमा सारिएको पाठकले बताए । सम्भावित पहिरोको जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी गरिएको प्रवक्ता पाठकले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ८ : ५१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका